कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बु भाषाको चलचित्र “के” ले चर्चा पायो तेस्रो नेपाल आदिवासी जनजाति महोत्सवमा

मोफसलका चर्चित निर्देशक हुन् सागर केरुङ राजनीति ,कला साहित्य , समाज सेवा सबैतिर उतिकै सक्रिय छन् | उनै केरुङ दारा निर्देशित लिम्बु चलचित्र चलचित्र “के”
तेस्रो नेपाल आदिवासी जनजाति महोत्सव २०७६ रास्ट्रिय सभागृह काठमाडौंमा भब्य प्रदशन भयो | चलचित्र हेर्नुहुने दर्शकहरुले “के” लाई निक्कै रुचाएका
थिए | यो केवल मनोरञ्जनको लागि मात्र नभएर लिम्बु भाषा संस्कतिको संरक्षण उत्थान संगै अधिकारको लडाई भएको निर्देशक सागर केरुङ ले
पाथीभरा च्यानल संगको कुराकानीमा बताउनु भयो

“के” अर्थात च्याब्रुङ याक्थुङ जातिहरुको पर्यायवाची शब्द बनेको छ | याक्थुङ/लिम्बू भन्दा “के” र केला:ङ सम्झिन्छन् र “के” भन्दा लिम्बू सम्झिन्छन् | रुखको मुडा खोलेर देब्रेपट्टि गाइ वा गोरुको र दाहिनेपट्टी बाख्राको छालाले मोरेर बनाइने “के” को उत्पति सन्दर्भमा बिभिन्न किसिमका जनश्रुतिहरु पनि पाइन्छ | मुन्धुमअनुसार शृष्टिको उत्पतिदेखि मानवसभ्यताको विकासक्रम संगसंगै सोदुगेन ले?मुहाङको पालादेखि सुरु भएको पाइन्छ |

यो बाजा बजाउँदा दाहिने पट्टीबाट “च्याङ Š Š Š” र देब्रेपट्टी “ब्रुङ Š Š” साङला(ध्वनि/आवाज) निस्किन्छ | लिम्बू समुदायमा बिबाह,घर निर्माण गरि सर्ने क्रममा,ताम्भुङजा,बिभिन्न पर्व र उत्सवहरुमा समेत केला:ङ नाचिन्छ | केला:ङ नाच्दा गाइने गीतलाई “केसाम्” भनिन्छ | केसाममा प्रगति र उन्नतिको आशिर्वाद दिईन्छ | केसाम् सोदुगेन ले?मुहाङको छोरा पाजईबाको पालायता सुरु भएको पाइन्छ |

मुन्धुमअनुसार विश्वको पहिलो ईन्जिनियर पाजाईबाले घर बनाएपछि घरमा उक्त थक्थामा अनुष्ठान नगर्दा घरमा अनिष्ट हुने,घर भात्किरहने,किच्याएर मार्ने लगायतका अनिष्टहरु देखा पर्न थाले | त्यसपछि नयाँ घरबसाईंमा केसाममार्फत उन्नति र प्रगतिको आशिर्वाद माग्न र दिन थालियो | पहिले पहिले बस्तीहरु थिएन,घना जंगलहरु मात्र थिए,तेतिबेला जंगली जनावरहरुबाट बच्न च्याब्रुङ बजाउदै हिड्दा जंगली जनावरहरु भाग्ने गर्थ्ये,जनावरहरु भागेको र नाचेको जस्तै बजाउन र नाच्न थालेयता च्याब्रुङमा बिभिन्न जीव जन्तुहरुको नाच पनि नाच्ने गरिन्छ | केला:ङ नाच यति नै प्रकारको हुन्छ भन्ने एकिन हुदैन | “के” नहुदा लिम्बू याक्थुङ जातिहरुको हरेक कार्यहरु असोभनिय हुन्छ | मुन्धुम दर्शन हो,जीवनदर्शन हो | लिम्बू याक्थुङ जातिहरुको लागि मात्र नभएर संसारका मानवजातीको लागि हो |

मुन्धुम लिम्बू भाषामा छ,अरुलाई सुनाउने,सिकाउने,व्याख्या गरिदिने जिम्मा लिम्बू भाषा ज्ञातालाई मात्र हुन्छ | नेपालको वर्तमान संबिधान २०७२ धारा ७ बमोजिम लिम्बू भाषालाइ बहिष्करण गरिएको छ | खस पर्वते भाषालाई मात्र एकल भाषाको रूपमा राखेर संसारबाट एउटा दर्शनलाइ अन्त्य गर्न खोजिएको छ | केसाम भाषामा हुन्छ,भाषा सकिए च्याब्रुङ पनि सकिन्छ | लिम्बू याक्थुङ समुदायसंगै सिंगो राष्ट्र र विश्वकै अमुल्य सांस्कृतिक सम्पदाको रूपमा रहेको “के” र “केला:ङ” को संरक्षण र प्रबर्द्धनमा राज्य सधैँ उदासिन रहेको छ | “के” निर्माण गर्दा अनिवार्यरूपमा आवश्यक पर्ने सामग्री (छाला) गाइ वा गोरु मार्न नहुने यदि कसैले मारेको पाइएमा नेपालको संबिधान २०७२ धारा ९, नेपालको संसोधित मुलुकी ऐन २०७४ को धारा २८९ बमोजिम ३ वर्ष कैद कसुर जेल सजाय दिने प्रावधान बनाएर “के” को मर्म र मूल्यप्रति निर्मम प्रहार गर्ने काम गरिएको छ | राज्यको यो असांस्कृतिक र एकात्मक रबैयाप्रति लिम्बू याक्थुङ समुदाय,संघसंस्था र आदिवासी जनजातीहरुहरु आन्दोलनमा निरन्तर छन् | याक्थुङ समुदायले आफ्नो मौलिक बाजा,राष्ट्रिय बाजा “के” निर्माण गर्दा राज्यले गरिरहेको असांस्कृतिक व्यवहारलाइ चित्रण गरेर चलचित्र “के” निर्माण गरिएको छ |

पान्थरको विभिन्न ठाउँमा छयांकन भएको चलचित्रमा स्वर : सुनिता सुब्बा,संगीत : प्रेम पन्दाक,छायांकन : संजय आचार्य,ड्रोनअपरेटर : मेगराज मगराती,शृङगार : अनुपा नेम्बाङ,साहायक निर्देशक : सन्देश सुब्बा,मुख्य साहायक निर्देशक : डी.आर. हाङसरुम्बा,निर्माता : टाइसन केरुङ,प्रस्तुतकर्ता : बुद्दराज लिम्बू, लेखक/निर्देशक : सागर केरुङ रहेको हाङलि इन्टर्ट्र्न्मेन्ट (प्रा.लि) को ब्यानरमा निर्मित चलचित्रमा मधु केरुङ,बबिता फोम्बो,रुपा आङबुहाङ,प्रेम ओझा,मनकुमार केरुङ,सुक्मिता केरुङ,सुदर्शन थेबे

, कमल घिमीरे,अप्सरा नेउपाने,संघर्ष खतिवडा,संगीता लावती,दिपक खनाल लगायतले अभिनय रहेको छ



सम्बन्धित शीर्षकहरु

मुख्य समाचार