श्रीमतीकी ब्वाइफ्रेन्डलाई बाँधेर कुटपिट मात्र गरेनन् यौनांग नै काटिदिए यी व्यक्तिले

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिको यौनांग काटिदिने व्यक्ति एलेक्स बोनिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ।

आफ्नो श्रीमतीको प्रेमी रहेको थाहा पाएपछि ५१ वर्षका एलेक्सले ती व्यक्तिलाई सन् २०१९ को जुलाई ४ मा अपहरण गरेका थिए।

सो क्रममा एलेक्से उनलाई कुटपिट मात्र गरेनन्, उनको यौनांग पनि काटिदिएको डेलिमेलले जनाएको छ।

फ्लोरिडाको गिलक्रेस्ट काउन्टीको अदालतले गत महिना मात्र एलेक्सलाई यस मुद्दामा पूर्ण रुपमा दोषी पाएपछि २० वर्षको जेल सजाय साथै २ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गरेको हो।

एलेक्सलाई सन् २०१९ को जुलाईमै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो।

एलेक्सले आफ्नी श्रीमती र ती पुरुषबीच यौन सम्बन्ध रहेको थाहा पाएपछि आफू आक्रमक बनेको स्वीकार गरेका हुन्।

उनले ती व्यक्तिसँगै श्रीमतीलाई पनि बाँधेर कुटपिट गरेका थिए। नेपाल खबर बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार