‘खैयामलाई प्रश्न’को विमोचन:

रुबाई विधाको ऐतिहासिक कृति ‘खैयामलाई प्रश्न” विमोचन गरिएको छ ।  होलीको अवसर पारेर क्रिएटिभ सर्कल अस्ट्रेलियाको आयोजनामा नेपाली समयअनुसार आज बिहान ८ बजे कृतिको भर्चुअल विमोचन गरिएको हो । 

कृतिमा विभिन्न देशमा रहेर साहित्यमा कलम चलाइरहेका नेपालीभाषी, नेपाली मूलका २२८ जना रुबाईहस्तीका रुबाई समावेश गरिएको छ ।



कार्यक्रममा क्रिएटिभ सर्कल, अस्ट्रेलियाका संस्थापक रिमेन आलोकले क्रिएटिभ सर्कलको बारेमा प्रष्ट पार्दै स्वागत मन्तव्य राखेका थिए। रुबाई विधाका अभियानकर्ता प्रकाश आङदेम्बेले नेपाली साहित्यमा रुबाई विधाको प्रवेश र मौलिक नेपाली ‘रुबाई‘ को प्रारम्भ, मौलिक नेपाली रुबाईका प्रकाशित कृतिहरु र रुबाईमा गरिएका प्रयोगहरु, ‘रुबाई‘ किन ‘मुक्तक‘ होइन र के भिन्नता छ लगायतका विषयमा प्रकाश पारेका थिए ।  

कार्यक्रममा द नेसेन्स फ्याल्यांस अमेरिकाका संस्थापक मोनरथ पोख्रेल,कवि राज माङ्लाक,चलचित्रकर्मी तथा साहित्यकार पुस्कर सिंगर, छत्र दंगाल, दिल भुटानी, लिला निशा, विरु ओ खैयाम, लक्ष्मी नारायण जोशी, सुरेश विदारक, कर्ण गुरुङ, पुष्कर बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सर्जकहरु मनु लोहोरुङ राई, सौरभ तिमिल्सिना, किसोर अविदित, उत्तम लिम्बु, एसबि ताम्लिङ, कुशल राई, निमा तामाङ सुरेस काफ्ले,इनुमा इनु,कान्छा बाजे लगायतले पुस्तकमा रहेका आ-आफ्नो रचना वाचन गरेका थिए ।

क्रिएटिभ सर्कल अस्ट्रेलिया प्रकाशक रहेको कृति ‘खैयामलाई प्रश्न” भर्चुअल माध्यममा पुस्तक प्रदर्शन गरेर विमोचन गरिएको हो |द मार्जिन बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार