
काठमाडौं, ७ जेठ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) एक समारोहका बीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले डा.पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा.पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो ।