कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जेन–जी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई जनही एक लाख किरिया खर्च दिईने

 नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । उनले यही भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई जनही १ लाख किरिया खर्च दिने निर्णय लिएका छन् ।

यस्तै, गृहमन्त्री अर्यालले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने र शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय लिएका छन् । प्रधानमन्त्री सुशिला कार्कीको निर्देशनबमोजिम शव घरसम्म पुर्याउनको लागि पनि सरकारले नै सबै व्यवस्था गर्ने निर्णय लिएका छन् ।

मृत्युवरण गरेका परिवारको लागि खानपिनलगायतको व्यवस्था गरिने भनेर हिजो पदभार ग्रहण गर्दा नै प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी थिईन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार