कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कमलपोखरी पुगेर प्रधानमन्त्री कार्कीले गरिन् छठी माताको पूजा आराधना

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरी पुगेर छठी माताको पूजा आराधना गरेकी छन् । आज (सोमबार) प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीलाई छठ व्यवस्थापन समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व काठमाडौंको गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत स्थानमा मनाइन्छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार