
जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच विवाद भएको छ ।
पार्टीका अध्यक्ष हर्कराज साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेको थियो । साम्पाङ लाई स्वागत गर्न आएका नेताकार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच विवाद भएपछि मन्दिर परिसरबाट श्रम संस्कृतिका नेताकार्यकर्तालाई सुरक्षाकर्मीले हटाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङका कार्यकर्तालाई त्यहाँबाट हटाइएको हो ।
हिन्दु सम्राट सेनाले भने विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई मन्दिरमा निषेध गर्ने जनाएको छ ।
यस सन्दर्भमा हर्क साम्पाङले फेसबुकमा स्टाटस नै लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !



