कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एक सय १५ किलो बुद्धचित्त र १२ लाख ७० हजार नगदसहित दुई चिनियाँ नागरिक पक्राउ

बुद्धचित्तको दाना १ सय १५ किलो र स्रोत नखुलेको १२ लाख ७० हजार नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक वर्ष ४६ का LIU JINGTAO र वर्ष २३ का LIU XIAOSHUAI रहेका छन् ।

उनीहरुलाई हिजो (२८ गते) १ बजे काठमाडौं महानगरपालिका–२६ ठमेलको जेपी रोडस्थित होटल ZHINXIN International को कोठा नम्बर ४०४ र ६०३ बाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले मोबाइल ३ थान, पासपोर्ट २ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार