कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्यमन्त्री कार्कीले हटाए पुराना मन्त्री, नियुक्त भए नयाँ अनुहार

काठमाडौँ : कोशी प्रदेशका १० जना नयाँ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच भागबण्डा मिलाइएको छ। सरकारमा दुवै दलबाट समान ४/४ जना मन्त्री र १/१ जना राज्यमन्त्री सहभागी छन् ।

सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले नेपाली, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुलीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन् ।

विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विना विभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार