कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

संसद्‌मा  प्रधानमन्त्री बालेन नदेखेपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आफूलाई बैठकबाट निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले लामो समयदेखि सदनमा प्रधानमन्त्रीको उपस्थिति माग गरिँदै आए पनि त्यसको सुनुवाइ नभएको भन्दै आपत्ति जनाए।

उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ बमोजिम प्रधानमन्त्रीलाई तत्काल सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गरे।

सांसद साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न नसके नियमावलीको नियम ३१ को उपनियम १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासनको आदेश दिनसमेत आग्रह गरे।

संसद्‌मा बोल्दै उनले धेरै दिनदेखि प्रधानमन्त्रीको उपस्थिति माग गरिए पनि सभामुखले रुलिङ गरेर उहाँलाई ल्याउन नसकेको टिप्पणी गरे।

उनले सभामुखसामु नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन नसके नियम ३१ को १ लागू गरी आफूलाई सदनबाट निष्कासन गरेर संसद्को गरिमा बढाइदिन अनुरोध गरे।

सम्बोधनका क्रममा सांसद साम्पाङले लगातारको विरोधका कारण आफू सभामाझ एउटा ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको आत्मसमीक्षात्मक टिप्पणीसमेत गरे।

उनले यसरी संसद्को गरिमा कायम हुन नसक्ने बताउँदै सभामुखको पदीय बाध्यता र मजबुरी आफूले बुझेको उल्लेख गरे।

तथापि, उनले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको धारणा राख्दै कि त नियम १५ को २ प्रयोग गरेर प्रधानमन्त्रीलाई ल्याउनुपर्ने, कि त नियम ३१ को १ प्रयोग गरेर आफूलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश दिनुपर्ने अडान दोहोर्‍याए। उनले आफू आज संसद्‌मा रिसाउने र कराउने मुडमा नभएको स्पष्ट पार्दै शान्त रूपमै आफ्नो माग संसद्को अभिलेखमा गराएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार