कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

भोटेकोसी बाढी: मृत्यु हुनेको संख्या ५५ पुग्यो, ९३ घाइतेको उद्धार

भोटेकोसीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

बाढीपछि विभिन्न स्थानमा गरिएको खोज तथा उद्धारका क्रममा ५५ जनाको शव फेला परेको हो।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार मृतकमध्ये ३१ जना पुरुष र २२ जना महिला छन्। थप दुई जनाको शव फेला परे पनि पहिचान खुल्न सकेको छैन।

प्रहरीका अनुसार रसुवामा १ जना पुरुषको शव फेला परेको हो भने नुवाकोटमा महिला ५ र ६ पुरुषको शव फेला परेको छ।

यस्तै धादिङमा महिला ११, पुरुष ५ गरी १६, चितवनमा ५ महिला र १३ पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ भने गोरखामा १ महिला, ६ पुरुष र पहिचान हुन नसकेको २ गरी ९ वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ। 

बाढीमा परी घाइते भएका ९३ जनाको उद्धार गरिएको छ। जसमा रसुवाबाट ४३ जना, नुवाकोटमा ४७ जना, धादिङमा ३ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। घाइतेलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा पठाएर उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent