कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

उपेन्द्र यादवले राजपाका नेताहरूको ‘पोल’ खोलिदिए…

काठमाडौं, ३० जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूले उट्पट्याङ गरेर शान्तिपूर्ण चुनावी सभाहरूमा आक्रमण गर्न उकासेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले भने, ‘राजपाका नेताहरूले उट्पट्याङ गरेर चुनावी कार्यक्रम विथोल्न खोजका छन् । तर, सर्लाहीमा उनीहरूलाई जनताले कुटेर लखेटे ।’

दुई नम्बर प्रदेशका जनता निर्वाचनका पक्षमा रहेको बताएका उनले भने, ‘राजपाका केही कार्यकर्ता जसलाई उचालिएको छ । उनीहरूले मात्रै निर्वाचनको विरोध गरेका छन् । अरु सबै निर्वाचनको पक्षमा छन् ।’

अध्यक्ष यादवले भने, ‘राजपा नेपालका स्थानीय नेता र कार्यकर्ताहरू हामीसँग, कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलसँग टिकट मागिरहेका छन् । शीर्ष नेताहरूले उग्र नारा दिएर केही हुँदैन । जनतालाई झुक्काउने काम गर्नु हुँदैन ।’

राजपाका नेताहरूलाई प्रश्न गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष यादवले भने, ‘मधेसको जनविद्रोह हुँदा राजपाका नेताहरू राजा ज्ञानेन्द्रको सरकारमा थिए । आन्दोलन दमन गरिरहेका थिए । उनीहरूले ४३ जनाको शहादत हुँदा पनि दमन गरिरहेका थिए । अहिले आएर मधेसका नाममा चर्का कुरा गर्ने ?’

मधेसी जनताको पक्षमा कुरा गर्नेले समय र परिवेश अनुसारको निर्णय गर्न सक्नु पर्ने उनले बताए । ‘अहिले नै संविधान संशोधनका लागि संख्या पुग्दैन’, उनले भने, ‘संख्या पुगाउनेतिर लाग्नुपर्छ । त्योभन्दा अगाडि प्राप्त उपलब्धिलाई रक्षा गर्दै जानु पर्छ । थप अधिकारका लागि संघर्ष गर्नुपर्छ ।’

स्थानीय तहको निर्वाचनमा तराईका जिल्लाहरूमा चुनावी सभा गर्दै आएका अध्यक्ष यादवलाई लक्षित गरेर राजपा नेपालका कार्यकर्ताहरूले कार्यक्रम विथोल्ने प्रयास गर्दै आएका छन् । तर, यादवले त्यसको जोडदार रुपमा मुकाबिला गर्दै आएका छन् ।दैनिक नेपाल

 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent