कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सरकारसँग सहमति गरेरै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको होः गृहमन्त्री

५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ को चुनाव सारेपछि राष्ट्रिय जनता पार्टीले असार १४ गते चुनाव हुने स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् ।

प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी दर्ता भएको छ । रुपन्देहीको तीन स्थानीय तहमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

बुटबलमा सोमबार आयोजित पाँच नम्बर प्रदेशको सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले कानुन संशोधनपछि पनि राजपालाई समय अपुग भएकाले चुनावमा सहभागी हुन गाह्रो भएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले प्रमुख नेताहरुसँगै वार्ता गरेर दुई नम्बरको सार्ने र अन्यत्र स्वतन्त्र रुपमा पनि सहभागी हुने सहमति भएको हो ।’

यो सहमतिकै आधारमा राजपाका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएको उनले दाबी गरे ।

यसअघि सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले निर्वाचनको बेला विशेष सुरक्षा सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । तर, तत्कालको कारबाहीले दीर्घकालीन रुपमा पार्ने असरलाई पनि ध्यान दिन उनले निर्देशन दिए ।

सुरक्षा गोष्ठीमा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखका साथै नेपाली सेनाका प्रतिनिधिको सहभागी थिए ।

निर्वाचनको बेला कुनै राजनीतिक दलप्रति आग्रह-पूर्वाग्रह नराख्न निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘जिल्लाका राजनीतिक दलहरुसँग निरन्तर छलफल र सम्पर्कमा रहनु होला । सँगसँगै बर्दीभित्र राजनीतिक बिचार हुनुहुँदैन भन्ने पनि ख्याल गर्नुहोला ।’

जनताले ढुक्क भएर मताधिकार प्रयोग गर्न पाउनुपर्ने भन्दै मन्त्री शर्माले चुनाव शान्तिपूर्ण, धाँधलीरहित र भयरहित बनाउन निर्देशन दिए । कसैमाथि कारबाही गर्दा त्यसले पार्ने दीर्घकालीन असरलाई पनि ध्यान दिन उनले निर्देशन दिए । ‘चुनावमा अप्रिय घटना सकेसम्म हुँदै नहोस् । तर, बल प्रयोग गर्नैपर्ने अवस्था आयो भने पछि नहट्नुहोस्,’ मन्त्री शर्माले भने ।

बुटवलको कार्यक्रम सकेर गृहमन्त्री शर्मा सोमबार नै नेपालगञ्ज पुगेका छन् ।अनलाइन खबरबाट साभार 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |