कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको प्रेस बिज्ञप्ति

जनविरोधी कदमको विरुद्ध संघर्षमा उत्रिन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको आव्हान धरान÷लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा यही जेठ ७ गते दोस्रो पटक गरिएको प्रतिनिधिसभा विघठन गर्ने कदमको घोर निन्दा र भतर््सना गरेको छ ।

मोर्चाको केन्द्रीय अध्यक्ष मुक्सामहाङ मेन्याङ्वो (मुकेश) महासचिव पकन्दी लिम्बूले सोमबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको यो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, जनविरोधी, निरंकुश, स्वेच्छाचारी र प्रतिगामी हो भनेका छन् । लामो समय र बलिदानीपूर्ण संघर्षको बलमा नेपाली जनताले हासिल गरेका महत्वपूर्ण उपलब्धीहरुलाई समाप्त पार्ने सुनियोजित षड्यन्त्रसहित देशभित्र र बाहिरका प्रतिगामी शक्ति केन्द्रहरुको इसारामा यो कदम चालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै मोर्चाले सम्पूर्ण परिवर्तन र अग्रगमनका पक्षधरहरुलाई एकजुट भई यो कदमको विरुद्धमा संघर्षको मैदानमा उत्रिनसमेत मोर्चाले अपिल गरेको छ ।

मोर्चाले विज्ञप्तिमार्फत भनेको छ–‘पछिल्लो समय विदेशी शक्ति केन्द्रहरु विशेष गरी भारतीय खुफीया एजेन्सीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वाभाविक एवम् अमर्यादित भेटघाट भएसँगै ती शक्तिकेन्द्रहरुको योजना र इशारामा राष्ट्रपति र प्रधानमन्त्रीबाट पटक पटक सविधान र लोकतन्त्रको मर्म र आदर्शलाई निर्मम ढंगले कुल्चने कुकर्म निरन्तर हुदै आएको छ ।

’ दोस्रो पटक भएको प्रतिनिधिसभा विघठन र कथित मध्यावधी निर्वाचनको घोषणा पनि त्यसैको निर्लज्ज निरन्तरता भएको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको ठहर छ । ‘राष्ट्रपति र प्रधानमन्त्रीका यी कदमहरु अहिलेसम्म प्राप्त भएका गणतन्त्र, संघियता, धर्मनिरपेक्ष राज्य, समानुपातिक समावेशिताजस्ता जे जति उपलब्धिहरु छन् ती उपलब्धिलाई सिध्याउने र मुलुकलाई फेरि प्रतिगमनतर्फ धकेल्ने मात्र होइन, भुटानीकरणको बाटो हुदै अन्ततः देशको सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय अखण्डता नै धरापमा पार्नेतर्फ लक्षित छन् ।’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति स्वयंले आव्हान गरे अनुसार वैकल्पिक सरकार गठनका लागि संविधानको धारा ७६ (५) बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेको बहुमत सदस्य संख्या १४९ जनाको हस्ताक्षर सहित शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा दावी पेश गरिसकेपछि संविधानतः राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ती गर्नुपर्ने थियो भनि मोर्चाले आफ्नो धारणा स्पष्ट गरेको छ ।

No description available.

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent