कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै…

काठमाडौं– स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रमको प्रारम्भिक चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य साना दलले ३ स्थानमा अग्रता कायम गरेका छन् ।

डोटीको सिलगढी नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, उदयपुरका २ स्थानीय तहलगायतमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।

त्यस्तै ते्रहथुमको दलालिगुरास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, झापाको कन्काइ नगरपालिका लगायतमा एमाले अगाडी छ ।

त्यस्तै राप्रपा र संघीय समाजबादीले पनि नवलपरासीका केही स्थानमा अग्रता कायम गरेका छन् ।रातोपाटी संवाददाता 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |