कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रधानमन्त्री गृह जिल्ला झापामा, पुल र पार्क उदघाटन गरेर आजै काठमाडौं फर्किने

प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृह जिल्ला झापा आइपुगेका छन् । उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा...

February 28th, 2021

इटहरीमा कोठा भाडामा लिइ बन्धक बनाएर १५ वर्षीया बालिकामाथि बलात्कार

मोरङको उर्लाबारीकी एक १५ वर्षीया बालिकामाथि सुनसरीको इटहरीमा बन्धक बनाउँदै बारम्बार बलात्कार गरिएको घटना बाहिर आएको छ । सुनसरीको इटहरीमा कोठा भाडामा लिएर बन्धक बनाउँदै एक सातादेखि बालिकामाथि निरन्तर बलात्कार गरिरहेको घटना सार्वजनिक भएको हो । राम्रो कमाई हुने काममा लगाइदिने बहानामा नशालु पदार्थ खुवाएर कोठामा बालिकालाई बन्धक बनाएर...

February 27th, 2021

झा दम्पतीको अवस्था अझै अज्ञात, हत्यापछि शव बेपत्ता पारिएको आशंका

चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवीलाई सुतिरहेकै अवस्थामा गत सोमबार राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म कुनै अत्तोपत्तो...

February 26th, 2021

लिम्बू चलचित्र सुगुत्को लागि अन्जु पन्तको स्वर

काठमाडौं, १२ फागुन । गायिका अञ्जु पन्तले लिम्बू सांस्कृतिक फिल्म ‘सुगुत’का लागि ‘लुङ्मा फङ्नु आदाङबे’ बोलको गीत गाएकी छन् । नेपाली सांगीतिक क्षेत्रकी लोकप्रिय गायिका अञ्जुले लिम्बू भाषाको गीत गाएको यो पहिलोपटक हो । ‘पहिलो पटक मैले लिम्बू गीत गाएकी छु’ गीत रेकर्डिङपछि अञ्जुले आफ्नो फेसबुकमा लेखेकी छन् ।...

February 25th, 2021

बास्तोला मृत्यु प्रकरणमा दुई प्रतिवादीको बयान सकियो, आदेश आज आउँदै

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणमा जोडिएका दुई प्रतिवादीको अदालतमा बयान सकिएको छ । सामाजिक सञ्जालमा भाइरल बनेपछि पछिल्लो समय यो प्रकरण निक्कै चर्चामा छ । छ जना प्रतिवादीमध्ये पक्राउ परेका दुई जनाको बयान हिजो (बुधबार) जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा...

February 25th, 2021

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिइन्

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि...

February 25th, 2021

छोरी भएकोले जिउँदै शिशु गाडेको भनिएको घटनामा भेटियो अर्कै रहस्य

चिकित्सक पवित्रा अधिकारीले अर्को अस्पतालबाट रेफर भई आएको एउटा केस र त्यससम्बन्धी पत्र सार्वजनिक गर्दै बिहीबार बिहान ट्विटरमा लेखिन, ‘इर्मजेन्सीको डियुटीमा रहँदा यो रिफर्ड केस हेर्नुपर्‍यो। छोरी भएकै कारण जिउँदै बच्चालाई माटोभित्र पुरिएछ। नेपालमा अझै पनि यस्तो भइरहेको छ।’ बिहीबार दिउँसोसम्म उनको ट्विट कैयाैंले रिट्विट गरेका थिए भने केहिले...

February 25th, 2021

एक व्यक्तिको सनकको भरमा देश चल्दैन भन्ने सार्वोच्चले प्रमाणित गर्यो : नेता आङ्बो

प्रचण्ड(नेपाल समुहको (नेकपा) नेता तथा प्रदेश १ का सांसद इन्द्रबहादुर आङ्वो ‘मौसम’ले एक व्यक्तिको सनकको भरमा देश संचालन हुन नसक्ने प्रमाणित सर्वोच्च अदालतले पुष्टि गरेको बताउनु भएको छ । प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहनुभएका नेता आङ्बोले सर्वोच्चको फैसलाले सम्पूर्ण नेपाली खुसी भएको समेत प्रतिकृया दिनुभएको...

February 24th, 2021

प्रचण्ड–नेपाल समूहको विजय जुलुस सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको विजयी ¥याली सुरु भएको छ । सर्वोच्च अदालतले संसद् विघटनको कदम बदर गरेको खुसीयालीमा नेकपाले आज देशैभर र्‍यालीको आयोजना गरेको छ । राजधानीको शान्तिवाटिकाबाट निस्किएको र्‍याली जमल, दरबारमार्ग, जयनेपाल हल हुँदै राष्ट्रियसभागृहतर्फ अघि बढेको छ । जुलुसमा ‘सर्वाेच्च अदालत हाई हाई’,...

February 24th, 2021

प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक : दाहाल

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको फैसला सुनाएपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा दाहालले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको बताएका हुन् । उनले यसअघि तोकिएका विरोध कार्यक्रमलाई देशभर...

February 23rd, 2021