कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन...

February 23rd, 2021

मोहनविक्रमको ओलीलाई प्रश्न : आफै असंवैधानिक काम गर्ने, आफै अदालतलाई धम्क्याउने ?’

बागलुङ, १० फागुन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको बताएका छन् । आज (सोमबार) बिहान प्रगतिशील पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री सिंहले ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनको आवश्यक रहेका बताए । ‘विराटनगर पुगेर ओलीले अदालतलाई धम्क्याएका छन्,’ उनले...

February 22nd, 2021

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस

देश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ। मुख्यमन्त्री राईपक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा सभामुखले अनुमति दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि...

February 21st, 2021

मातृभाषा संरक्षणको माग गर्दै फेरि नांगै बिकेन लिम्बू

काठमाडौं । विश्व मातृभाषा दिवसको अवसरमा नेपालमा रहेको सम्पूर्ण मातृभाषाहरुको संरक्षणको माग गर्दै मुलुकको प्रमुख प्रशासनिक कार्यालय सिंहदरबार अगाडि नांगै प्रर्दशनमा निस्किएका बिकेन लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । हातमा “म मेरो मातृभाषाको संरक्षण गर्न चाहान्छु” भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर निस्किएको केही समयमै प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए...

February 21st, 2021

देश र जनताविरुद्ध फैसला भए आन्दोलन हुन्छ : प्रधानमन्त्री

विराटनगर, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको मुद्दामा देश र जनताकाविरुद्ध फैसला भए आन्दोलन हुने बताएका छन् । आज (शनिबार) आफूले नेतृत्व गरेको नेकपाले विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल र सेटिङमा देश र जनताविरुद्ध फैसला भए आफूहरुको आन्दोलन फेरि सशक्त रुपमा अगाडि...

February 20th, 2021

‘बृहत् नागरिक आन्दोलन’ को घोषणापत्र जारी, १० बुँदे उद्देश्यमा केन्द्रित हुने (पूर्णपाठ)

काठमाडौं, ७ फागुन । प्रतिनिधि सभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ । ‘बृहत् नागरिक आन्दोलन’ ले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस टुँडिखेलतिर अघि बढेको छ । यसक्रममा ‘नागरिक आन्दोलन जिन्दावाद, प्रतिगमन मुर्दावाद, गणतन्त्र जिन्दावाद’ जस्ता नारा लगाइएको...

February 19th, 2021

दुबइकी राजकुमारीलाई किन बनाए आफ्नै बाबुले बन्धक ?

सन् २०१८ मा विदेश भाग्ने प्रयास गरेकी दुबईका अर्बपति शासककी छोरीको गोप्य रेकर्डिङ बाहिरिँदा व्यापक चर्चा सुरु भएको छ । सो भिडियोमा उनले आफू एक भिल्लामा जेल समान थुनिएर बस्नु परेको र मेडिकल आवश्यकताहरुको समेत कुनै पहुँच नभएको बताएकी छन् । शेख लतिफा युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख...

February 18th, 2021

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या

काठमाडौं, ५ फागुन । बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् । विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार बयान दिएका हुन् । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या...

February 17th, 2021

‘संविधानमा के लेख्या छ त्यति हेर्नुपर्छ, अन्त हेर्ने होइन’

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यति मात्र हेनुपर्ने सुल्झाएका छन् । संवैधानिक इजलासमा आज (मंगलबार) देखि शुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको बताए । यस्तो स्थितिमा...

February 16th, 2021

अपराध महाशाखाका प्रमुख फेरिए, एसएसपी खापुङलाई जिम्मेवारी

३ फागुन, काठमाडौं । महानगरीय अपराध महाशाखा, बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको निर्णयबाट महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालमा सरुवा भएको गृह स्रोतले अनलाइनखबरसँग...

February 15th, 2021