
लिम्बु भाषाको सस्कृति मुलक चलचित्र लोजिमा निर्माण हुने भएको छ | लिम्बु समुदायको मौलिक भाषा सस्कृति र रहन सहन लाई सजीव ढंगले समेटिने चलचित्र लोजिमा जीवन्त प्रेम कथामा आधारित छ | सागर सुब्बा दारा निर्देशन गरिने लोजिमाको निर्माता आशाहाङ आङबो र पबित्र राई सोताङ रहेका छन् | सास्कृतिक चेतना र सन्देश मुलक बिषय लाई पनि सशक्त ढंगले उठाइको लोजिमाको शिर्ष भूमिकामा कलाकार बिमला लिम्बु लाई अनुबन्धित गरिएको छ |

अन्य कलाकारहरुमा आशाहाङ आङबो रुद्र पाहिम सागर केरुङ संगीता लिम्बु सन्जन लिम्बु हस्त लिवाङ नुनाम केरुङ आशा मुरिङला नुगो आदिको बेजोड अभिनय रहनेछ | सागर केरुङको पटकथा सम्बाद रहेको उक्त चलचित्रमा मनु नेम्बाङ सुनिता थेगिम र आशाहाङ आङबो को स्वर र एरेन्ज अशोक राइको रहेको छ | नृत्य निर्देशनको जिम्मेबारी शुस्मा योन्जनले सम्हाल्दैछिन | त्यस्तै क्यामेरा ड्रोन रबिन्द्र बराल मेकअप नरेश खरेल र मुख्य सहनिर्देशन दिपक अधिकारी ले गर्दै छन् |
निमार्ण नियन्त्रक सुस्मा योन्जन सहायक निर्माण नियन्त्रक दिबेश छेत्री प्रचारप्रसार निर्देशक देबिहाङ लिम्बु प्रचारप्रसार सहायक निर्देशक सन्जन लिम्बु रहेका छन् |
पाथिभरा च्यानलको ब्यानरमा निमार्ण हुन लागेको उक्त चलचित्रको प्रस्तुतकर्तापनि आशाहाङ आङबो नै रहेका छन् |
चैतको पहिलो हप्ता बाट सिक्किमको रमणीय स्थलहरुमा छायांकन गरिने लिम्बु सस्कृति मुलक चलचित्र लोजिमाको करिब एक महिनामा छयांकन सम्पन गरिने छ |



