कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

२१ असोज, सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी...

October 7th, 2020

हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण

२० असोज, काठमाडौं । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं ।...

October 6th, 2020

आलियालाई ‘डार्लिङ’ बनाउँदै शाहरूख

मुम्बई : दर्शकले आलिया भट्ट र शाहरूख खानलाई यसअघि ‘डियर जिन्दगी’ नामक फिल्ममा देखेका थिए। अहिले दुवै नयाँ फिल्मको स्क्रिप्ट पढिरहेका छन्। उनीहरूको यो फिल्मको अहिलेसम्म आधिकारिक घोषणा पनि भएको छैन। शाहरूखको कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट लगातार फिल्म निर्माण गरिरहेको छ। यो कम्पनी आलियालाई लिएर एउटा फिल्मको प्लानिङ गरिरहेको...

October 6th, 2020

आज थपिएका १५ सय ५१ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, २० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका...

October 6th, 2020

आज थपिएका २४ सय ४० कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, १९ असोज । नेपालमा पछिल्लो २४ घण्टामै थप २४ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १३ हजार ७८१ जनाको पिसिआर परीक्षणमा २४सय ४० जनामा कोरोना पुष्टि भएको जानकारी...

October 5th, 2020

प्रदेश ५ को प्रदेश सभामा तोडफोड, विरोधकै बीच बैठक जारी

रूपन्देही — प्रदेश ५ सरकारले प्रदेश सभामा पेश गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकैबीच सभामुखले छलफल अघि बढाएपछि विपक्षी दल कांग्रेसले कुर्सी, टेबुल तोडफोड गरेको छ । तोडफोड र नाराबाजीकैबीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका छन् । प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्दै कांग्रेस सांसद । एक...

October 5th, 2020

लिम्बू मातृभाषाको गीत ‘युप्पारुङ्’को म्युजिक भिडियो छायांकन सम्पन्न

फेदेन १९, असोज ‘युप्पारुङ’ नामक लिम्बू भाषिक गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । नाम्फुन्यक (लब्रेकुटी),तिलिजङ (सिलाउटी),थाक्के माङहिम (थाक्ले मन्दिर),सुम्हा?लुङ,साधुटार,मिलुङ झरना लगायत पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थलहरु छायांकन भएको म्युजिक भिडियोको छायांकन सञ्जय आचार्यले गरेका हुन भने सागर केरुङ्ले निर्देशन गरेका हुन । भिडियोमा अमृता जबेगु,आदर्श आङ्देम्बे,रामचन्द्र नेम्बाङ,नोगेन...

October 5th, 2020

२२५३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५९९ जना

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण...

October 4th, 2020

२१ वर्षीया युवतीमाथि आफन्तीबाटै बर्बर यौनहिंसा र अमानवीय यातना

बझाङ — आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य...

October 4th, 2020

मकवानपुरको जुरीखेतमा सुमो खस्यो, कम्तीमा २ जनाको मृत्यु

हेटौंडा–कुलेखानी–फर्पिङ सडक मार्गको भीमफेदी वडा नम्बर– ६ जुरीखेतमा केही बेरअघि यात्रुबाहक जीप सुमो दुर्घटना हुँदा घटीमा २ जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएको ना. १ ज ४१०६ नम्बरको सुमो दुर्घटना भएको हो । सुमो भीरबाट करीब १ सय मिटर तल खोल्सामा परेकाे...

October 4th, 2020