कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग

२६ असोज, बुटवल । मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका छन् । नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले...

October 12th, 2020

थप दुई हजार ७१ जनामा कोरोना संक्रमण, एक हजार ५५२ संक्रमित निको

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण...

October 11th, 2020

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाकै सांसदको अविश्वासको प्रस्ताव

कर्णाली, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका...

October 11th, 2020

डा. गोविन्द केसीले २८ औं दिनमा तोडे १९ औं अनसन

काठमाडौं । अनसनरत डा.गोविन्द केसीले अनसन तोडेका छन्। शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा १९ औं अनशन अन्त्य गरेका हुन् । शनिबार मध्यरातपछि सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच आइतबार बिहान अनसन तोडेका हुन्। बिहान...

October 11th, 2020

‘राजा आउ, देश बचाउ’ भन्दै काठमाडौंमा विशाल प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २४ असोज । ‘राजा आउ देश बचाउ’ भन्दै आज काठमाडौंमा विशाल प्रदर्शन भएको छ । विक्रमबहादुर पाण्डेको नेतृत्वमा आज प्रदर्शन भएको हो । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको बाईक र्याली गौशला, डिल्लीबजार, पुतलीसडक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरुले अहिलेको व्यवस्था चाहिँदैन भन्ने नारा...

October 10th, 2020

दशैंको मुखमा कोरोना संक्रमण भयावह, सरकार कडा कदमको तयारीमा

काठमाडौं, २४ असोज । अहिलेसम्मकै सर्वाधिक एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बनेको छ । यो हप्ता दुई, तीन, चार गर्दै आज एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह बनेको हो । देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिएका छन् ।...

October 10th, 2020

बिस्कुट दिएर बालिका बलात्कार गर्ने ऋषिदेब पक्राउ

बिराटचौक । मोरङको सुन्दरहरैंचामा एक बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्त पक्राउ परेका छन । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँ बस्ने १५ वर्षीय किसन ऋषि देवलाई प्रहरी चौकी गछियाको टोलीले पक्राउ गरेको छ ।पीडित बालिका मोरङको सून्दरहरैंचा वडा नं ६ डिपु चोक बस्दै आएकी थिइन् । आफ्नै...

October 9th, 2020

सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ, यस्तो भिडियो सार्वजनिक

दाङ, २२ असोज । सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा दाङ घोराहीका एक शिक्षक पक्राउ परेका छन् । घोराहीस्थित एक विद्यालयमा कार्यरत शिक्षक शिवकुमार रानालाई सहकर्मी शिक्षिकालाई यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरीले जानकारी दिएको छ । रानाले शिक्षिकालाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि...

October 8th, 2020

एकै दिन ४३ सय ६४ जनालाई कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ९८,६१७ पुग्यो

काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना भायरस संक्रमण पुष्टि भएको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७...

October 8th, 2020

दशैंको टीका : कुन देशमा कति बजे साइत ?

२२ असोज, काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा...

October 8th, 2020