राष्ट्रपति भण्डारीले परिवारभित्र यसरी मनाइन् दशैं

काठमाडौं, ११ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना परिवासँग टीका र जमरा लगाउँदै विजयादशमी मनाएका दुई तस्बिर सार्वजनिक गरिएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेको हो ।

सोमबार राष्ट्रपति भण्डारीले दशैंको टीका र जमरा लगाइदिएको तथा आफूले ग्रहण गरेका दुई तस्बिर ट्वीटरबाट सार्वजनिक गरिएका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारीले आफ्नी आमाबाट टीका र जमरा ग्रहण गरेकी थिइन् भने राष्ट्रपतिले आफ्ना दुई जोडी ज्वाइँ–छोरी र दुई नातिनी (दुवै छोरीका एक–एक छोरी) लाई टीका लगाई दिएकी थिइन् । त्यस दिन राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent