
पाथिभरा च्यानल – पालाम याक्थुङ लिम्बुहरुको एक मेरुदण्डको रुपमा लिने गरिन्छ। त्यसैले होला अहिले पालाम धमाधम् रेकर्ड गर्ने र् भिडियो बनाउने क्रम जारी छ् सोही क्रमम गायिका तिर्सना नेम्बाङ् र गायक् रुकमान् लिम्बुको आवाजमा चार आनि पालाम् को भिडियो सार्वजनिक् भएको छ् | आर् बि योङ्हाङ् को शब्द र शब्द संयोजन् हर्क बहादुर योङ्हाङ् लिम्बुको रहेको छ् |
एरेन्ज श्याम् लिम्बु लय् संकलन् गायिका तिर्सना नेम्बाङ् गरेका छ्न् | स्टुडियो कीङ् मा रेकर्ड गरिएको भिडियो रुबुशा च्यानल् युटुब् मार्फत् सार्वजनिक् गरिएको छ् | पालाम विशेष गरेर चार विधा चार प्रकारले गाउने गरिन्छ।जस्तै हामी चारआनी भन्नाले सामान्य चिन्न जान परिचयत्मक तथा साइनो सम्वन्ध के ? भनेर बुझ्नु पर्दछ।
आठआनी भन्नाले चिन्नजान्न पछि साइनो सम्वन्धबारे के कसो छ साइनो लाग्छ लाग्दैन पुरा छुट्याउनु पर्दछ। बाह्रआानी भन्नाले साइनो सम्वन्ध लाग्ने नलाग्ने निश्चित भए पछि थोरै मुन्धुम दर्शन अन्तरगत संस्कार संस्कृती सहित्य प्रवेश हुन्छ गरिन्छ।र सोह्रआनी पालाम भन्नाले विश्व-व्रह्रमाण्डको सृष्टी र पृथ्वीमा मानव तथा जलथलका प्राणी हावा पानी उत्पतिबारेमा मुन्धुमले व्याख्या गरेको सबै बाचन गर्नु पर्दछ। जहाँ तरुनी तन्नेरी वीच हारजितका कुराहरु समेत आउँछ। पालाम गायन नाचमा हारे वा जिते जानु पर्ने लानु पर्ने सम्मको हुन्छ।



