कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

रोल्पा अस्पतालको आइसोलेशन उपचाररत एक युवकको मृत्यु

रोल्पा, ६ जेठ । रोल्पा अस्पतालको आइसोलेशनमा उपचाररत एक युवकको ज्यान गएको छ ।रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिएकी छिन् । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेसनमा बसेका थिए । ज्यान गुमाएका...

May 19th, 2020

५३ जना कोरोना भाइरसका संक्रमित थपिए, कुल संक्रमित ३५७

काठमाडौं, ५ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिएका छन् । संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका ४७ जनामा संक्रमण भेटिएको छ । यसबाहेक मोरङ, गुल्मी,...

May 18th, 2020

अमेरिकन आइडलको ‘फस्ट रनर अप’ बन्न सफल दिवेशको यस्तो छ सांगीतिक ‘संघर्ष’

काठमाडौं, ५ जेठ । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिंदै पोखरेल...

May 18th, 2020

लिम्पियाधुरासहित नयाँ नक्सा तयार, मन्त्रिपरिषदमा लैजाने तयारी

४ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् । मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश...

May 17th, 2020

सुत्केरीको मृत्युपछि बाह्रबिसे बजार बन्द, मृत्तकको गाउँसहित चार स्वास्थ्य चौकी ‘शिल’

काठमाडौं, ४ जेठ । कोरोना भाइरस संक्रमणबाट सिन्धुपाल्चोककी नौं दिने सुत्केरी महिलाको मृत्यु भएपछि बाहबिसे बजार पूर्णरुपमा बन्द भएको छ । सम्भावित जोखिमलाई मूल्याङ्कन गर्दै अहिले मृत्तक महिलाको गाउँ र स्थानीय चार स्वास्थ्य चौकी शिल गरिएको छ । सम्भावित जोखिमबाट सर्वसाधरणलाई जोगाउन सेना परिचालन गरिएको छ । लकडाउनमा कडाइ गर्न...

May 17th, 2020

फेरि थपिए दुई कोरोना संक्रमित, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं, ३ जेठ । नेपालमा शनिबार साँझ फेरि दुई जनामा कोरोना पुष्टि भएको छ । धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २८१ पुगेको छ ।

May 16th, 2020

पहिलोपटक नेपालमा कोरोना भाइरसका संक्रमितको मृत्यु,

३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र...

May 16th, 2020

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको निधन, कोरोनाको कारण मृत्यु भएको आशंकामा अस्पताल सिल

उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकी एक महिलाको निधन भएपछि अहिले अस्पताल नै ‘सिल’ गरिएको छ। ९ दिनकी सुत्केरी ती महिलाको कोरोना परीक्षण रिपोर्ट शंकास्पद आएपछि अहिले अस्पताल नै सिल गरिएको हो। स्वासप्रस्वासमा समस्या देखिएपछि ती महिलालाई बिहीबार अस्पताल ल्याइएको अस्पतालको भेनि्टलेटरमा राख्ने क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको...

May 16th, 2020

आफै गाडी चलाउँदै काठमाडौं फर्कदैछन् पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं, २ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनी अहिले कोशी नदी तरेको सँगै आइरहेका एकजना निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् । निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् । पूर्व राजा पत्नी...

May 15th, 2020

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

१ जेठ, काठमाडौं । ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’ साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले...

May 14th, 2020