कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

अस्पतालमा मृत्यु भई अन्त्येष्टि गरिसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, १२ जेठ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई एक हप्ताअघि अन्त्येष्टि गरिसकिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।उपचारका क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिएका छन् । वृद्धको मृत्युबारे...

May 25th, 2020

विवाद चुलिएपछि बर्षाले मागिन् माफी, भनिन्, ‘आइन्दा ‘हेक्का’ राखेर बोल्छु’

काठमाडौं, ११ जेठ । नेपाल–भारतबीचको सीमा विवादका विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी नायिका वर्षा राउतले माफी मागेकी छिन् । वर्षाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टेटस लेखेर अन्तर्वार्तालाई लिएर जुन हो–हल्ला भयो, त्यसले आफूलाई भावनात्मक ठेस् पुगेको बताएकी छिन् । उनले आफू भावुक स्वभावको भएकोले सकेसम्म कुनै पनि प्रकारको...

May 24th, 2020

चलचित्र निर्माता तथा समाजसेवी बसन्त थेबे लाई पितृ शोक

पाथिभरा च्यानल -चलचित्र निर्माता तथा समाजसेवी श्री बसन्त थेबे अहिले पितृ सोकमा परेका छन् । उहाको पिता स्व. श्री भिष्मराज थेबेको यही जेष्ठ ६ गते काठ्मान्डौको मनमोहन मेमोरियल हस्पिटलमा निधन भएको थियो । उहा लामो समयदेखी पक्षा घातले थलिनु भएको थियो । बि. स. १९९५ पुस १७ गते ताप्लेजुङ,...

May 24th, 2020

विश्वभर एकै दिन हालसम्मकै धेरै एक लाख पाँच हजार नयाँ संक्रमित थपिए

काठमाडौं, ९ जेठ । विश्वव्यापी कोरोना भाइरस महामारीको संटक विश्वभर घट्नुको सट्टा झनझन बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै एक लाख पाँच हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । विश्वका सबैजसो देशहरुले कोरोना नियन्त्रणका लागि गरेका अनेकौं प्रयासका वावजुद पनि संक्रमितको संख्या नियन्त्रणमा आउन सकेको छैन...

May 22nd, 2020

भारतीय मिडिया मनिषा बुझ्दैन सन्नी लियोनी काफी छ

२०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय ग-यो । यो निर्णयपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट गरे, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा...

May 22nd, 2020

झापामा ८ र रुपन्देहीमा १ गरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं, ८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज पूनः ९ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज अपरान्ह ४ बजे भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४५३ पुगेको छ।  देवकोटाका अनुसार आज रुपन्देहीका २७...

May 21st, 2020

उपमहानगरपालिकाले राहतका लागि किनेको २ करोड ६१ लाखको चामल कुहिएर किरा परेको

धनगढी, ८ जेठ । धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय गरेको छ । खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले रु...

May 21st, 2020

लिम्पियाधुरा-लिपुलेकसहितको नेपालको नयाँ नक्सा सार्वजनिक

काठमाडौं, ७ जेठ । सरकारले आज (बुधबार) नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । नयाँ नक्साअनुसार नेपालको...

May 20th, 2020

प्रवासी नेपालीहरुको उद्दार चुनौती र अवसर

कोभिड १९ को विश्वब्यापि प्रकोप सँगै रोजगारीको शिलशिलामा बिदेशमा रहेका नेपाली नागरिककको उद्धार र ब्यवस्थापन राज्यको लागि चुनौतीको बिषय बनेको छ । म आफैले पनि बैदेशिक रोजगारिको शिलशिलामा प्रबासमै रहेर प्रवासी नेपालीहरुका दुःख कष्ट, र ब्यथा अनुभव गर्ने अवसरपाएकोले  मैले  आज यस लेख मार्फत कोभिड १९ को प्रकोपको कारण समस्यामा परेका...

May 19th, 2020

वल्क नेपाल दारा २५ जना मृगौला पीडित परिवार लाई सहयोग

पाथिभरा च्यानल -बिभिन्न सामाजिक कार्यमा सक्रीय सस्था वल्क नेपाल (WALK नेपाल) ले कोरोना भाईरस COVID 19 ले विश्व ब्यापी रूपमा प्रत्यक्ष रूपमा असर गरि रहेको घडीमा देशमा रहेकोे मिर्गौला पीडितहरुलाई मध्यनजर गर्दै एउटा उदाहरणीय काम गरेको छ् | श्री मृगौला पीडित सरोकार समाज नेपालको सहकार्यमा वल्क नेपाल (WALK NEPAL)...

May 19th, 2020