कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

चार युवाबाट तीन किशोरी बलात्कृत, आरोपी पक्राउ

कैलाली, २८ जेठ । तीन किशोरीमाथि बलात्कार गरेको आरोपमा कैलालीका चार युवा पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला तीन किशोरीमाथि बलात्कार गरेको उजुरीका आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

मंगलबार बिहान टीकापुर नगरपालिका–१ स्थित रानी ुलो किनारमा तीन जना किशोरीहरुमाथि जबरजस्ती करणी गरी फरार भएका उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । विष्टले बलात्कारमा अन्य व्यक्तिहरु पनि संलग्न रहेको र उनीहरु फरार भएकाले खोजी भइरहेको जानकारी दिएका छन् ।

नयाँ पेज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार