कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

संकटमा अमेरिका, युरोपमा भयावह, एसियामा १० हजारको मृत्यु

चैत २९, काठमाण्डौ । कोरोना भाइरसले शुक्रबार एकै दिन अमेरिकामा १ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् । एकैदिन यति धेरै मृत्यु भएको पहिलोपटक हो । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ३२३ पुगेको छ। अमेरिकामा ४ लाख ९३ हजार संक्रमितमध्ये २४ हजार जना नयाँ संक्रमित...

April 11th, 2020

कोरोना महामारीको पछिल्लो तथ्यांक : १ लाख बढीको मृत्यु, १६ लाख संक्रमित

काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नाघिसकेको छ । शुक्रबारसम्म संक्रमितको संख्या १६ लाख नाघिसकेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या १६ लाख ९९ हजार ८ सय १५ पुगेको छ । यस्तै १ लाख २ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ...

April 11th, 2020

कोरोना परीक्षण ३ हजार नाघ्यो

काठमाडौँ — नेपालमा हालसम्म ३ हजार ५ सय २४ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको ‘मिडिया ब्रिफिङ’का क्रममा प्रवक्ता डा विकास देवकोटाले मुलुकमा कोरोना परीक्षण बढिरहेको बताए । २४ घण्टामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ४०१ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर २२९...

April 10th, 2020

ओली-मोदी संवादः कोरोना भाइरसविरुद्ध नेपाल-भारतबीच अझ सशक्त सहकार्य

img

काठमाडौं, २८ चैत्र । नेपाल र भारतले कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको टेलिफोन संवादमा त्यस्तो सहमति भएको हो । दिउँसो भएको टेलिफोन संवादबारे दुवै देशका प्रधानमन्त्रीले ट्वीटरमार्फत् जानकारी दिएका छन् । प्रधानन्त्री केपी शर्मा ओलीले...

April 10th, 2020

डेढ घण्टामै उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

img

२७ चैत, काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना भाइरस -कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि...

April 9th, 2020

कोरोनालाई जितेकाहरु भन्छन्, ‘मलाई सर्दैन भनेर कसैले नसोच्नु होला’

img

काठमाडौं, २७ चैत । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका हुन् । पाँच वर्षअघि अमेरिका आएका गौली अमेरिकी...

April 9th, 2020

लकडाउन : रोग भन्दा पनि भोकको चिन्ता, पैंचो माग्दै, छाक टार्दै

img

बारा : लकडाउनले देश ठप्प हुँदा यसको प्रभावले जिल्लाको अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेका छन्। दैनिक ज्यालादारी गरी कमाएको पैसाले दुई छाकको जोहो गर्ने परिवारलाई यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउन थालेको छ। जीतपुरसिमरा उपमहानगरपालिका १८ लामिडाँडास्थित सुकुम्बासी टोलकी असिया माझीले पैंचो मागेर आफ्नो परिवारको...

April 8th, 2020

लुम्बिनी प्रादेशिक अस्पतालका पाँच डाक्टर बर्खास्त

img

२६ चैत, बुटवल । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा...

April 8th, 2020

चार कोरोना संक्रमित भेटिएको सुदूरपश्चिमकाे यस्तो छ सर्तकता, डोटीमा छैन उल्लंघन

img

डोटी, २६ चैत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ । जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो । मानिसको बढी भीडभाड हुने यहाँका विभिन्न चोक तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका...

April 8th, 2020

सीमामा रोकिएका सबै नेपाली नागरिकलाई स्वदेश ल्याउन सर्वोच्च अदालतको आदेश

img

२५ चैत । सर्वोच्च अदालतले सीमामा रोकिएका सबै नेपाली नागरिकलाई नेपाल ल्याउन सरकारलाई आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलाशले सरकारका नाममा नौबुँदे परमादेश जारी गरेको हो । परमादेशमा सर्वोच्चले नेपाल ल्याएपछि उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न पनि भनेको छ । सर्वोच्चले सरकारबिरुद्ध परेका...

April 7th, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent