कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशको कैफियत प्रतिवेदन

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आज आइतबार प्रारम्भिक सुनुवाइ सकेपछि थुनामा पठाउने आदेशको निर्णय लिँदाको आधारसहितको कैफियत प्रतिवेदन मागेको हो। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई थुनामा...

April 13th, 2025

वीरगञ्जमा कर्फ्यू आदेश, भोलि दिउँसो १२ बजेसम्म हिँडडुल गर्न निषेध

पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यू लगाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि भोलि बिहान १२ बजेसम्मलाई कर्फ्यू आदेश भएको हो। वीरगञ्जमा चार किल्ला तोकि कर्फ्यू आदेश भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जस अनुसार पूर्व...

April 12th, 2025

एल.वी नेम्वाङकाे निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा?’भब्य कार्याक्रम सहित विमाेचन

निबन्धकार याेगी एल.वी. नेम्वाङकाे याक्थुङ भाषामा प्रकाशित पहिलो निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा? (मुस्कुराउने मानिसहरू)’ काे विमाेचन भएको छ । गत मङ्गलबार फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान पान्थरकाे आयोजनामा पान्थरकाे राँकेमा गणतन्त्र नेपालका पहिलो कुलपति मुन्धुमविद वैरागी काइँलाले कृतिकाे विमाेचन गरेका थिए । फाल्गुनन्द गाउँपालिकामातहत रहेको प्रतिष्ठानले आयोजना गरेको साहित्य महाेत्सवकाे अवसरमा निबन्ध...

April 11th, 2025

यक्सो समाज काठमाडौं उपत्यकाको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न

यक्सो समाज काठमाडौं उपत्यकाद्वारा आयोजना गरिएको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम २०८१ साल चैत्र २३ गते, शनिबार, ललितपुरस्थित गोदावरी पञ्चदेवल पिकनिक स्थलमा विविध मिष्ठान्न परिकारका साथ सांगीतिक तथा रमाइलो वातावरणबीच भव्य र सभ्य रूपमा सम्पन्न भयो। कार्यक्रममा संस्थाका सचिव श्री दिल बहादुर यक्सोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु...

April 8th, 2025

रवि लामिछाने कारागार चलान

सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी...

April 7th, 2025

जनताले सरकारलाई चारैतिरबाट घेर्न थालिसके, निर्णायक प्रहार चाहीँ माओवादीले नै गर्छः प्रचण्ड

काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले सरकारलाई चारैतिरबाट घेर्न थालेको बताएका छन् । आज (आइतबार) नेवाः मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रममा सरकारको विरुद्धमा अहिले विभिन्न राजनीतिक दलहरु, शिक्षकलगायतका शक्तिहरु देखापरेको बताए । वर्तमान सरकारको कुशासनको विरुद्ध जनताले चारैतिरबाट घेर्न थालेको सुनाउँदै प्रचण्डले...

April 6th, 2025

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीको यस कार्यकालमा मोदीसँगको यो भेट दोस्रो हो...

April 4th, 2025

मलाई हटाउँदा कतिपयले सफलता ठानेका होलान्, म बिदा मात्रै भएको हुँ: कुलमान

नेपाल विद्युत प्राधिकरणको पूर्वकार्यकारी निर्देशकबाट कुलमान घिसिङले आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले आफू बिदामात्रै भएको बताएका हुन्। ‘सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ,’ उनले भने, ‘कानुनअनुसार सेवा...

April 4th, 2025

 किशोर र माया खापुङको अभिनय रहेको  ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक

विदेशमा संघर्ष गरिरहेका हजारौँ नेपालीको कथा बोकेको ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक भएको छ। किशोर कुमार पन्धाक र माया खापुङको अभिनय रहेको भिडियोमा समिर सिंगकको स्वर, शब्द टिआर सेनेहाङको रहेको छ । निकेश राइले छायांकन गरेको भिडियोमा सम्पादन बिबी याक्युकले गरेका हुन् । यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र...

April 1st, 2025

पार्टीको जिम्मेवारीमा फर्किए लामिछाने, सरकारको औचित्यता समाप्त भइसकेको दाबी

काठमाडौं, १८ चैत । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीमा फर्किएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् । पार्टीको जिम्मेवारीमा फर्किएसँगै उनी आज केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । उनी साढे ५ महिनापछि रास्वपाको सभापतिको जिम्मेवारीमा...

March 31st, 2025
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent