कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यक्सो समाज काठमाडौं उपत्यकाको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न

यक्सो समाज काठमाडौं उपत्यकाद्वारा आयोजना गरिएको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम २०८१ साल चैत्र २३ गते, शनिबार, ललितपुरस्थित गोदावरी पञ्चदेवल पिकनिक स्थलमा विविध मिष्ठान्न परिकारका साथ सांगीतिक तथा रमाइलो वातावरणबीच भव्य र सभ्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा संस्थाका सचिव श्री दिल बहादुर यक्सोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष श्री ज्ञानेन्द्र यक्सोले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष श्री भुवनसिं यक्सोले Food Drinks र पाहुना सत्कारको ब्यवस्थालाई सहज गर्नु भएको थियो ।

कार्यक्रमको अवसरमा संस्थाले समाजमा योगदान पुर्‍याउनु हुने ८ जना जेष्ठ यक्सो नागरिकहरूलाई सम्मान गरेको थियो। सम्मानित सदस्यहरू निम्नानुसार छन्:
श्री सन्चरानी लिबाङ् यक्सो – ८७ वर्षीय
श्री भिममाया यक्सो आङ्बुहाङ् – ७९ वर्षीया
श्री लछिमाया पंधाक यक्सो – ७८ वर्षीया
श्री पर्वत कुमार यक्सो – ७७ वर्षीय
श्री पबित्रा पंधाक यक्सो – ७४ वर्षीया
श्री अनन्त हाङ् यक्सो – ७४ वर्षीय
श्री टिकामाया सेन्दाङ् यक्सो – ७४ वर्षीया
श्री मनमाया आङ्बुहाङ् यक्सो – ७४ वर्षीया

उहाँहरूलाई यक्सो समाज काठमाडौं उपत्यकाको वर्तमान कार्यसमितिले प्रमुख सल्लाहकार श्री अनन्त हाङ् यक्सोको बहुलीबाट सम्मानपत्र प्रदान गरियो।

त्यसैगरी, संस्थामा हालै चयन गरिएका नयाँ सदस्यहरूलाई खदा र अबिरद्वारा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरिएको थियो। नयाँ सदस्यहरू यसप्रकार छन्:
श्री खगेन्द्र यक्सो – संस्थाका प्रवक्ता
श्री दिल ब. सक्सो – सचिव
श्री सुम्निमा यक्सो – सहसचिव
श्री अमृता आङ्बुहाङ् यक्सो – सदस्य

उपस्थित सबैलाई तथा नयाँ सदस्यहरूलाई बधाई एवं शुभकामना दिंदै प्रमुख सल्लाहकार श्री अनन्त हाङ् यक्सोले प्रेरणादायी मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री डम्बर यक्सोले गर्नुभएको थियो भने सञ्चालन सचिव श्री दिल यक्सोले गर्नुभएको थियो।

अन्त्यमा, अध्यक्ष श्री डम्बर यक्सोले सम्पूर्ण यक्सो दाजुभाइ, दिदीबहिनी, चेलीबेटी, ज्वाइँचेला, भानाभान्जी तथा कार्यसमितिका सदस्यहरूप्रति धन्यवाद र आभार प्रकट गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।

फोटो : निर्मल सुब्बा

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार