कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

कमलादीबाट बरामद १५ किलो पहेँलो धातुमध्ये ५०० ग्राम मात्रै सुन

काठमाडौँ — कमलादीबाट बरामद भएको १५ किलो पहेँलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पाइएको छ । मंगलबार बिहान कमलादीमा गाडीमा आएका व्यक्तिले बाटोमा फ्याँकेको झोलामा भेटिएको १५ किलो पहेँलो धातु परीक्षण गर्दा ५ सय ग्राम सुन भेटिएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका...

July 28th, 2020

ओलीले वैठक स्थगित गर्न लगाएको भन्दै प्रचण्डसहित दर्जन नेता पुगे बालुवाटार

काठमाडौं, १३ साउन । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका दर्जन नेता नेताहरु बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीचमा सहमति नगरी ओलीले बैठक स्थगित भएको सूचना जारी गर्न...

July 28th, 2020

कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु पुष्टि (विवरणसहित)

काठमाडौं, १२ साउन । कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन तीनजनाको मृत्यु पुष्टि भएको छ । मृतकमध्ये दुईजनाको हिजो र एकजनाको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज तीनजना मृतक संख्या थपिएसँगै कुल संख्या ४८ पुगेको छ । आज पुष्टि...

July 27th, 2020

भारतले भन्यो– कालापानी-लिम्पियाधुरामा नेपालीलाई प्रवेश नदेऊ

१२ साउन, काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । ‘बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा...

July 27th, 2020

वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ। नेपाली कांग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो। वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको छ। आक्रमणबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युलगायतमा चोट लागेको छ। महराले वडा कार्यालयमा...

July 26th, 2020

रञ्जन कोइराला प्रकरण : मुद्दा पुनरावलोकनका लागि अनुमति

काठमाडौं, ११ साउन । पत्नी हत्या अभियोगमा कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दा पुनः अघि बढाउन सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिएको हो । न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार...

July 26th, 2020

सशस्त्र प्रहरीमाथि भारतीय नागरिकको आक्रमण, हँसिया प्रहारबाट जवान घाइते

रौतहट, १० साउन । रौतहटको परोहा नगरपालिका–८ नरकटियाको नेपाल–भारत सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय पक्षले आक्रमण गरेपछि झडप भएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन १० चैत, २०७६ देखि सीमा नाका बन्द छ । तर भारतीय महिलाहरु घाँस काट्न...

July 25th, 2020

पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक

काठमाडौं, ९ साउन । ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना प्र्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर...

July 24th, 2020

१७ वर्षीया किशोरी बलात्कार गर्ने १२ र १४ वर्षका किशोर पक्राउ

पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक रुपमा अपाङ्गता भएकी ती किशोरीलाई गत जेठ १७ गते सोही ठाउँ पिँडालु खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरीले...

July 20th, 2020

दार्चुलामा पहिराेले दुईको मृत्यु, सात घर पुरिए [अपडेट]

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने सात घर पुरिएका छन् । महाकाली नगरपालिका–५ धौलीगाड खोलामा आएको बाढी३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा बेपत्ता उनीहरुको स्थानीय...

July 20th, 2020