कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पवित्रामाथि एसिड प्रहार गर्नेहरु सार्वजनिक

काठमाडौं, ९ साउन । ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका दुई जना प्र्रहरीले आज सार्वजनिक गरेको छ ।

काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो । उनीहरु हिजै राति ११ बजे डल्लुबाट पक्राउ परेका थिए ।

रिपोटर्स नेपाल बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार