मुख्य समाचार

आजबाट जिल्लाका १८ सरकारी कार्यालय खारेज, कुन सेवा लिन अब कहाँ जाने ?

काठमाडौं, १ साउन । संघीयता कार्यान्वयनको क्रमसँगै आज (मंगलबार) देशभरका जिल्लामा रहेका १८ सरकारी कार्यालय खारेज भएका छन् । संघीयता कार्यान्वयनलाई स्थानीय तहका नागरिकले अनुभूत गर्ने गरी आजबाट ती कार्यालय स्थानीय तह मातहत ल्याइएका हुन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची यसअघि...

July 17th, 2018

देउवाविरुद्ध पौडेलको मोर्चाबन्दी, बालाजुमा पौडेल गुटको बैठक

काठमाडौं, ३२ असार । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको रणनीतिविरुद्ध आफूलाई तयार राख्न वरिष्ठ नेता रामचन्द्र पौडेलले मोर्चाबन्दी शुरु गरेका छन् । पार्टीलाई नयाँ संरचनामा लैजाने सभापति शेरबहादुर देउवाको प्रस्तावमाथि धारणा तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक काठमाडौंमा शुरु भएको छ । बालाजुस्थित एक सामुदायिक विद्यालयमा आज...

July 16th, 2018

चोरीको अभियोगमा दाङको एक होटलबाट २५ भारतीय नागरिक पक्राउ

दाङको तुलसीपुरस्थित एक होटलबाट २५ जना भारतीय नागरिक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित मुनाल पाहुना घरमा एक सातादेखि बस्दै आएका २५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले उनीहरूबाट मोबाइल सेट र ग्याँस चुल्होहरू...

July 12th, 2018

कार्टेलिङ्ग र सिण्डिकेट समृद्धिको वाधक : गृहमन्त्री थापा

काठमाडौं, २७ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले समृद्धिका लागि कार्टेलिङ्ग र सिण्डिकेट बाधक हुने बताएका छन् । गृहमन्त्री थापाले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहे मुलुकमा समृद्धि नआउने दावी गरेका छन् । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रबाट परिवर्तनको भूमिका निर्वाह...

July 11th, 2018

मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने

काठमाडौं २५ असार । मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३ हजार ४५० रुपैयाँ अनिवार्य गर्न सिफारिस गरेको हो । तस्बिर: गुगलबाट साभार गरिएको । समितिले सिफारिस गरेसँगै श्रम तथा...

July 9th, 2018

आज तीन विश्वविजेताको भिडन्त, फाइनलको झल्को दिने स्पर्धामा कसले देला चक्मा ?

काठमाडौं, २२ असार । रसिया विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) क्वार्टर फाइनलका खेल हुँदैछन् । आजको क्वार्टर फाइनललाई फाइनलकै रिहर्सल (पूर्वाभ्यास) का रुपमा लिइएको छ । शुक्रबार हुने दुवै क्वार्टर फाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको क्षमताका कारण पनि यी खेलमा फाइनलको झल्को मिल्ने...

July 6th, 2018

मन्त्रिपरिषदको निर्णयपछि सातै प्रदेश प्रमुख पनि हट्ने

काठमाडौँ — बुधबार बेलुकाको मन्त्रिपरिषद निर्णयका कारण सातवटै प्रदेशका प्रदेश प्रमुखहरु पनि हट्ने भएका छन् । बुधबार बेलुकाको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गतेदेखि फागुन ३ गतेसम्म तत्कालिन सरकारले गरेका सबै प्रकारका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरु पनि...

July 5th, 2018

सामान्य विवादमा एक युवाको हत्या, ६ युवा पक्राउ

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । पेटमा छुरा प्रहार भएपछि आन्द्रा...

July 3rd, 2018

सुस्ताबासीले भत्काई दिए खेतीयोग्य जमिन डुबानमा पार्ने भारतीय गण्डक बाँध

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् । सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय...

July 3rd, 2018

वर्षाले नेपालगञ्ज जलमग्न, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’

बाँके, १८ असार । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर...

July 2nd, 2018

Most Recent