कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

जन्त जान नदिएको झोंकमा १४ वर्षे किशोरले गरे महिलाको हत्या

पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षीय...

February 2nd, 2019

डा. केसीले तोडे अनसन, फरक रुपमा लड्ने प्रतिवद्धता

काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने...

February 1st, 2019

कार्तिक र अनन्याको प्रेम चर्चा

बलिउडमा अहिले कार्तिक आर्यन हटकेक बनिरहेका छन् । उनलाई मन पराउने नायिकाहरुको सूची लामो बनेको छ । कार्तिकसँग डेट जानका लागि बलिउडकी नायिका साराअली खानले पनि इच्छा व्यक्त गरेकी थिइन् । उनै कार्तिक अहिले नायिका अनन्या पाण्डेसँगको प्रेममा रहेको चर्चा चल्न थालेको छ । मिडियामा यी दुइको प्रेम सम्बन्धको...

January 31st, 2019

आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु, बालिका घाइते

विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा...

January 11th, 2019

डा. केसीको १६ औं सत्याग्रह शुरु, यस्ता छन् ६ बुंदे माग

डा. गोविन्द केसीले आज (बुधबार) बिहान संसदको शिक्षा समितिबाट आफूसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरिएको जनाउँदै १६ औं सत्याग्रह शुरु गरेका छन् । उनले इलाम सदरमुकामको यसअघि शहरी विकास तथा भवन निर्माण विभाग अन्र्गतको डिभिजन कार्यालय रहेको खाली भवनमा अहिले साढे चार बजे अनसन शुरु गरेका...

January 9th, 2019

लागूऔषधसहित वीरगञ्जबाट दुईजना पक्राउ

२५ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका-४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन् । वीरगञ्ज महानगरपालिका-८ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगञ्जतर्फ साइकलमा आउँदै हवारीको...

January 9th, 2019

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्ष सँगै : अध्यक्ष प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकास निर्माण र पुनर्निर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताएका छन् । पुनर्निर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार मात्रै पनि सत्तापक्ष...

January 8th, 2019

रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु...

January 6th, 2019

रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

२० पुस, काठमाडौं । नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा मारेका छौं, अहिले यत्ति भन्छौं ।’ बम्जनको...

January 4th, 2019

रेशमको पीडा : एक वर्षपछि सपथ, सपथको टीकासँगै फेरि सदर खोर चलान

काठमाडौं, पुस १९ । टीकापुर घटनाका कारण चर्चामा रहेका रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसदको सपथ लिंदै फेरि कारागारमै पुगेका छन् । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशमकुमार चौधरीलाई सिंहदरबारमा सपथ खुवाए लगत्तै डिल्लीबजारस्थित सदर खोर लगिएको छ । टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका...

January 3rd, 2019