कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

निर्मलाको डिएनएन परीक्षण अमेरिकामा गरिने, यसरी पठाइँदैछ नमूना

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डिएनए परीक्षणका लागि अमेरिका पठाउने प्रहरी अगाडि बढाइएको प्रहरीको उच्च स्रोत स्रोतले जनाएको छ । निर्मलाको डिएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको स्रोतले दावी गरेको छ ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि पनि प्रश्न उठेको छ ।

विज्ञहरुले डिएनएको समग्र संकलन प्रक्रियाका लागि विज्ञ समुह गठन गर्न सुझाव दिदै आएका छन् । स्रोतका अनुसार ‘इलेट्रोफेरोग्राम’ लाई अमेरिका पठाइनेछ । यसबारे डीएनए विज्ञहरुसँग छलफल भइरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार प्रहरीकोे विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।

प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरुले बताउँदै आएका छन् । नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको प्रहरी अधिकारीको तर्क छ । तर विज्ञहरुले भेजाइनल स्वाबबाट निकालिएको नमुना सुरक्षित नराख्नु गम्भीर गल्ती भएको बताउँदै आएका छन् ।

प्रहरीका अनुसार निर्मलाको योनीको बाहिरी, मध्य र भित्रि भागबाट तीन फरक–फरक स्वाबको नमुना परीक्षण गरिएको थियो । निर्मलाको भेजाइनल स्वाबबाट निकालिएको नमुना प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै परीक्षण गरिएको थियो । विज्ञले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा किन परीक्षण गर्न पठाइएन भन्दै प्रश्न उठाउँदै आएका छन् । स्रोतका अनुसार प्रहरीकै प्रयोशालाबाट कमजोरी भयो कि भन्नेतर्फ पनि अनुसन्धान शुरु गरिएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार डीएनए नमुना बाँकी नुहँदा अनुसन्धान जटिल बन्ने सम्भावना छ । एक अधिकारीले भने, ‘‘हामी सबै कुरामा सचेत रहँदै प्रयोशालाबाट आएको रिपोर्टलाई थप बलियो बनाउन खोजेका हौं । केही जटिलताहरु भने पक्कै छन् ।’ गत साउन १० गते साथीको घरमा निस्कीएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार