नदी अनुसारका पानीजहाज चल्छन्, : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूगोल नदीको आकार अनुसारकै पानीजहाज चल्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार ललितपुरको एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै । तस्वीर : रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले पानीजहाज इन्जिनियरहरुलाई नेपालका नदीअनुसार पानीजहाज बनाउन समेत निर्देशन दिएका छन् । आज काठमाडौंको एकान्तकुनास्थित पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पानीजहाज थ्योरीले गहिरा र ठूला जहाज चलाउन भन्छ भने नेपालका नदीअनुसार थ्योरीलाई परिवर्तन गर्दै पानीजहाज बनाउन उनले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले केही कर्मचारीलाई जागिर खुवाउन मात्रै नेपाल पानीजहाज कार्यालय नखोलेको स्पष्ट पारे । उनले थपे, ‘नेपाल एउटा नयाँ युगमा प्रवेश गरेको छ । केही मान्छेहरु केको युग ? कस्तो युग ? भन्दै शास्त्रीय कुरा गर्छन् । म त्यतातिर जान्न, तर नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको छ । हामीसँग बन्दरगाह थियो, अब आफ्नै पानीजहाज भएपछि आफूलाई चाहिने सामान सिधै ल्याइन्छ, सिधै पठाइन्छ । भूपरिवेष्टित भनेर किन खुम्चने ? नेपालका जलमार्गमा पानीजहाज चलाइन्छ ।’

नदीहरुलाई जलमार्गका रुपमा प्रयोग गरिने उनले बताए । भइरहेका जहाजका बारेमा मात्र नसोच्न इन्जिनियरलाई सुझाव दिँदै उनले भने, ‘हाम्रा नदी गहिरा छैनन्, फिंजिएका छन् भने फराकिला चौडाइका जहाज बनाउनुस् । यति नै मिटर भनेर किन तोक्ने ? केही मिटर साना जहाज बनाउनुस् । थ्योरीले चल्न दिँदैन भनेर नबस्नुस् । थ्योरीलाई नै थोरै परिवर्तन गरेर भए पनि पानीजहाज बनाउनुस् ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार