मुख्य समाचार

बानेश्वरका होस्टलमा प्रहरी अनुगमन : विद्यार्थीको पलङमा गाँजा र तास

२५ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले बुधबार लागूऔषध गाँजा बिक्री गर्दै गरेको सूचनाको आधारमा शान्तिनगर क्षेत्रबाट सरोज लामालाई पक्राउ गर्‍यो । ब्रिटिस फाइनान्स कम्पनीमा सेक्यूरिटी गार्डको रुपमा कार्यरत लामाको पर्दा पछाडिको धन्दा गाँजाको बिक्री वितरण गर्नु भएको खुल्यो । उनले आफ्नो सेवाग्राही बानेश्वर क्षेत्रका विभिन्न होस्टलहरुमा...

August 10th, 2018

गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड ‘अपराधी’ नै हो’

चितवन, २५ साउन : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले घुमाउरो भाषामा नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ‘अपराधी’ भएको दाबी गरेका छन् । शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारुकर्मीहरु कुराकानी गर्दै गृहमन्त्री वादलले प्रकाण्ड गैरकानुनी काममा संग्लन भएकोले पक्राउ गरिएको बताए । भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा...

August 10th, 2018

बहुविवाह गरे ५ वर्ष कैद दाइजो मागे ३ वर्ष,

२४ साउन, काठमाडौं । नेपालमा दाइजोका कारण वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा महिलाहरुलाई जिउँदै जलाउने, कुटपीट गर्ने, घर निकाला गर्ने गरेका घटनाहरु हरेक वर्षजसो आइरहन्छ । तर यस्ता घटनाका दोषीलाई कारबाही गर्ने कडा कानुनी प्रावधान नहुँदा घटनामा कमी आउन सकेको थिएन...

August 9th, 2018

नकपुर–जयनगर रेलको परीक्षण सफल, चाँडै नियमित सञ्चालन

धनुषा, २४ साउन । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एक मात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । फाइल तस्विर भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो...

August 9th, 2018

विप्लव माओवादीका प्रवक्ता ‘प्रकाण्ड’ पक्राउ

काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोेले काठमाडौंबाट पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ ।

August 8th, 2018

पत्रकार सम्मेलनमा डा.केसी : कहिले भावुक, कहिले उत्तेजित

काठमाडौं, २२ साउन । २७ दिनसम्मको अनसन उपचारको लागि अस्पतालको आइसियु पसेका डा.गोबिन्द केसी मंगलबार बाहिर निस्किए । ६ दिनको आइसियु र १३ दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएका डा.केसीले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा डा.केसी कहिले उत्तेजित बने, कहिले भावुक बने । कहिले सरकार बिरुद्ध उस्तै आक्रमक बने...

August 7th, 2018

प्रियंकाकी आमालाई देखेर सलमान खानले मुन्टो बटारे

बलिउड अभिनेता सलमान खान अभिनेत्री प्रियंका चोपडासँग क्रुद्ध छन् । आफ्नो फिल्म ‘भारत’ लाई लात हानेर प्रियंकाले हलिउड फिल्म साइन गरेपछि उनी रिसाएका हुन् । ‘भारत’ छाडेयता प्रियंकाको सलमानसँग भेट भएको छैन । तर, हालै एक कार्यक्रममा प्रियंकाकी आमा र सलमानको जम्काभेट भयो । कार्यक्रम थियो मनिष मल्होत्राको फेसन...

August 6th, 2018

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

१ साउन, काठमाडौं । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा...

August 6th, 2018

जाजरकोटको पहिरोमा ७ जनाको मृत्यु, दुई बेपत्ता

२० साउन, जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको...

August 5th, 2018

कामु प्रधानन्यायाधीश जोशी भोलिदेखि बिदामा, सर्वोच्चको पेसी मिश्रले तोक्ने

काठमाडौँ — कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्ने भएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकार भएका जोशी आइतबारबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । उनी शुक्रबार सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार भएका थिए। पूर्वप्रधानन्यायाधीश लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनी राजीनामा...

August 4th, 2018