कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुदन गैरेको सानी मिलियन क्लबमा ( भिडियो )

भिडियो रिलिजको छोटो समय अवधिमा गायक सुदन गैरेको नयाँ म्युजिक भिडियो “
सानी”ले दर्शक सोर्ताको मन जितेको छ। हालसम्म यस गीतको भिडियोलाई १० लाख
बढी दर्शकले युट्युवमा हेरिसकेका छन। गायक सुदन गैरे र भिडियो निर्देशक
सुब्रत राज आचार्यले फेसबुकमा खुशी साट्दै  सम्पुर्ण दर्शक सोर्ता र
टिमलाई धन्यवाद दिएका छन। गायक गैरेको कमब्याक गीतको रूपमा धेरै सोर्ता
माझ चिनाउन सफल यस गीतमा  उनको आफ्नै एकल स्वर र संगीत रहेको छ । गीतमा
शब्द  प्रतिमा शर्माको  रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ।
उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोगार्फ
गरेका हुन। म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको
अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र
निर्देशनमा गीतको भिडियो तयार भएको हो।


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार