एनसेल गेटमा बम विस्फोट : घाइते मध्ये एककाे मृत्यु, दुईजनाकाे उपचार हुँदै

काठमाडौँ — नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति भएको बम विस्फोटमा घाइते मध्ये एकजनाको मृत्यु भएको छ ।

लमजुड घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो।

घटनामा ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्स रहेकी २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार करिब साढे आठ बजे नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको हो। महानगरीय प्रहरी परिसरका एसएसपी रबिन्द्रबहादुर धानुकका अनुसार बम बिष्फोट गराउने घटनामा संलग्नको खोजी भइरहेको बताए।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार