प्रधानमन्त्रीको निर्देशन : महाकाली सन्धी किन पालना गरेनौं भनेर भारतलाई सोध्नु

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका पक्षमा भारतसँग खुलेर आफ्ना कुराहरु राखिने बताएका छन् ।

बुधबारदेखि काठमाडौंमा हुने नेपाल–भारतका विज्ञको तेस्रो संयुक्त वैठकमा सहभागी हुने प्रतिनिधिहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय हितको पक्षमा भारतीय सहभागी समक्ष खुलेर कुरा राख्न निर्देशन दिएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनको विषयमा जानकारी गराउन सिंहदरबारमा गरेको बैठकमा प्रधानमन्त्रीले ओलीले २३ बर्षअघि महाकाली सन्धि अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने पानी अहिलेसम्म नपाएको विषयमा प्रश्न गर्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता सन्धि कार्यान्वयन हो । महाकाली सन्धि अनुसार नेपालले चाँदनी दोधारा क्षेत्रमा १० क्युसेक पानी पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले थपे, ‘सिरानबाट नहर बग्ने तर हाम्रा खेत बाँझै रहने स्थिति हुनु हुँदैन ।’

२०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटरप्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउने भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईलागयत सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार