कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

लागूऔषधसहित वीरगञ्जबाट दुईजना पक्राउ

२५ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका-४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-८ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगञ्जतर्फ साइकलमा आउँदै हवारीको साथबाट लागूऔषध नाइट्राभेट ट्याबलेट ७४७ थान फेला परेको थियो ।

लागूऔषध र साइकलसहित हवारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१६, स्थित मुल भंसार गेटबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

दक्षिण रक्सौलबाट उत्तर वीरगञ्जतर्फ पैदल आउँदै गरेका बिष्णु श्रेष्ठको साथबाट लागूऔषध इन्जेक्सन डाइजेल्याब ११ एम्पुल, फेनार्गन १० एम्पुल र नूफिर्न ८ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

हवारी र श्रेष्ठ दुवै जना विरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार