कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

यी हुन् तस्करी रोक्ने प्रहरीको हत्यामा संलग्न ७ अभियुक्त

४ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र...

October 20th, 2020

उपत्यकामा १६ हजार सक्रिय संक्रमित : आइसियुमा बेड खाली नहुँदा संक्रमित आकस्मिक कक्षमा

काठमाडौं, ४ कार्तिक । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार...

October 20th, 2020

मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण

काठमाडौं, ३ कार्तिक । भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण भएको छ । ‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु हुन आग्रह गर्दछु,’ उनले ट्वीटमा भनेका छन् । उनले ट्वीट गर्दै आज पीसीआर...

October 19th, 2020

तस्करी रोक्न खोज्दा मारिए असई गोविन्द

२ कात्तिक, काठमाडौं । कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए । नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन । लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि...

October 18th, 2020

झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म ‘लकडाउन’

काँकडभिट्टा — कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति ‘लकडाउन’ घोषणा गरेको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि...

October 18th, 2020

महान चाड बडादशैं शुरु, आज घटस्थापना

१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक...

October 17th, 2020

३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना संक्रमणमुक्त भए

२९ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र...

October 15th, 2020

नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ

काठमाडौं, २९ असोज । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो (बुधबार ) राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी थिईन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘”आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित...

October 15th, 2020

मन्त्रिपरिषद पुनर्गठन : ईश्वर पोखरेलको मन्त्रालय खोसियो, विष्णु पौडेललाई अर्थ (सूचीसहित)

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई...

October 14th, 2020

पर्सामा भारतीय महिलाको हत्या, प्रेमी पक्राउ

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका–४ मा असोज २१ गते बिहान ११ः २० बजे एक महिलाको शव फेला पर्‍यो । स्थानीय गंगोला खोलाको पानीमा करिब ४० वर्षीया महिलको शव तैरिरहेको अवस्थामा भेटिएको थियो । हात खुट्टा कपडाले बाधिँएको, घाँटीमा डोरीले बाँधेको र आँखामा कपडा बेरेको अवस्थामा प्रहरीले शव फेला पारेको...

October 13th, 2020