कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

राजनीति

को को प्रधानमन्त्री बन्ने ? मेरो दिमागमा लाइन छ : प्रचण्ड

१२ मंसिर, धरान । नेकपाका अध्यक्ष प्रचण्डले अब को–को प्रधानमन्त्री बन्ने, आफ्नो दिमागमा लाइन रहेको बताएका छन् । अब नेकपाले मधेसी, जनजाति र दलितलाई प्रधानमन्त्री बनाउने प्रचण्डले घोषणा गरेका छन् । बुधबार एकैदिन पोखरा, धरान र भक्तपुरमा चुनावी सभालाई सम्वोधन गर्न भ्याएका प्रचण्डले पोखरा र धरान दुबै ठाउँको सम्वोधनमा...

November 28th, 2019

राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नू

२५ कात्तिक, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् ।...

November 11th, 2019

कास्कीमा मुख्य निर्वाचन अधिकृत कार्यालय नजिक बम विष्फोट

कास्की, २१ कार्तिक । कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विष्फोट भएको छ । बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । बम विष्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ । मंसिर १४ गते...

November 7th, 2019

सरकार उद्धार भएकाले प्रदेश प्रमुखले दुई वर्ष गर्न पाएका हुन् : प्रचण्ड

बाँके, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकार उद्धार भएकै कारण भर्खर बर्खास्त भएका प्रदेश प्रमुखले दुई वर्ष निर्वाध काम गर्न पाएको बताएका छन् । उनले सरकार परिवर्तन भएपछि नयाँ प्रदेश प्रमुख नियुक्त हुनु नौंलो कुरा नभएको समेत बताएका छन् । उनले प्रदेश...

November 5th, 2019

युवा संघको ७७ जिल्लाकै एकीकरण टुङ्गियो, कसको भागमा कति जिल्ला ? (सूचीसहित)

काठमाडौं, १७ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको ७७ वटै जिल्लाको एकीकरण टुङ्गिएको छ । युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले ७७ जिल्ला वटै जिल्ला कमिटीको नेतृत्व टुङ्गो लगाएको हो । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको...

November 3rd, 2019

महरालाई थप ७ दिन थुनामा राख्न अनुमति

७ कात्तिक, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद...

October 24th, 2019

माफियाले देशै हड्प्न खोजे : सभामुख महरा

काठमाडौं, १४ असार । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७० औं हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा महराले भने, ‘सडक र नदी मात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ,...

June 29th, 2019

मन्त्रीको राजीनामा माग्दै सत्तारुढ सांसदले नै फर्काए ‘रातो किताव’

काठमाडौं, ४ असार । प्रतिनिधिसभाको बुधबारको वैठकमा अधिकांश सांसदहरुले बजेट बाँडफाँडमा व्यापक विभेद भएको गुनासो गरेका छन् । विपक्षी दलका सांसद मात्र होइन सत्तारुढ नेकपाका अधिकांश सांसदहरु नै बुधबारको वैठकमा सरकारप्रति खरो उत्रिए । बजेट विनियोजनामा पक्षपात गरिएपछि आक्रोशित बनेका उनीहरुले आफ्नै सरकारका मन्त्रीको राजीनामा समेत मागेका छन् । बजेट...

June 19th, 2019

कांग्रेस सांसदले ‘बिथोले’ प्रतिनिधिसभा वैठक

काठमाडौं, २७ जेठ । कांग्रेस सांसदको चर्को विरोधका कारण प्रतिनिधिसभाको वैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । सोमबार मध्यान्ह १२ बजेर ५ जाँदा १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार गुठी विधेयकको विरोधमा...

June 10th, 2019

विप्लवको देशैभर बम ‘आतंक’ : पाँच ठाउँमा आगजनी, २३ स्थानमा शंकास्पद वस्तु फेला

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले सोमबार गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा बम आतंक देखिएको छ । आज बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु समेत फेला परेका छन् । करिब २३ वटा जिल्लामा बम तथा...

May 27th, 2019