कास्कीमा मुख्य निर्वाचन अधिकृत कार्यालय नजिक बम विष्फोट

कास्की, २१ कार्तिक । कास्कीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विष्फोट भएको छ ।

बिहीबार बिहान राष्ट्र बैंक चोक नजिकै टुरिष्ट बसपार्कमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । बम विष्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज दलहरूले उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेद्वार विद्या भट्टराई उम्मेद्वारी दर्ताका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोटको आवाज आएको थियो ।

भट्टराईले उम्मेदवारी दर्ता गरिसकेकी छन् । बम विष्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बम विष्फोटको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन । प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

गनपाउण्डर पडकेको हो : कास्की प्रहरी
मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विष्फोट भनिए पनि उक्त विष्फोट गनपाउडरका कारण भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विष्फोट भएको प्रारम्भिक जानकारी आएको बताए पनि उक्त विष्फोट बम नभएर गन पाउडरका कारण भएको प्रहरीले बताएको हो । जिप्रका कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले खाल्डो गन पाउडर राखेर विष्फोट गराइएको जानकारी दिए ।

नयाँ पेज बाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार