कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

यी २२ वर्षे व्यक्ति जो साइबर हमलालाई रोकेर बने हिरो…

 

 
जेठ १ – शुक्रबार संसारभीका ९९ देशमा साइबर हमलाले सनसनी मच्चियो । उक्त हमलाका कारण थुप्रै संस्थाका कामकाज पूर्ण रुपमा ठप्प भयो ।

यसै बिच बेलायतका एक सेक्युरिटी रिसर्चरले बीबीसीसँगको कुराकानीमा आफू संयोगले ‘मलिसस र्यानसमवेयर’ लाई फैलिनबाट रोक्न सफल भएको जानकारी दिए ।

मलिसस र्यानसमवेयर एक प्रकारको साइबर हमला हो जसका कारण शुक्रबार ब्रिटेनको नेशनल हेल्थ सर्भिस निकै नराम्रो तरिकाले प्रभावित भएको थियो । हमलालाई रोक्ने २२ वर्षीय यी व्यक्तिलाई मलवेयरटेक उपनामले चिनिन्छ ।

उनले एक हप्ताको छुट्टी लिएका थिए तर वैश्विक साइबर हमलापछि उनले र्यानसमवेयरको जाँच गर्ने निर्णय गरे ।

यो अनुसन्धानको क्रममा उनले मलिसस सफ्टवेयरमा एक ‘किल स्विच’ पाए जसमार्फत र्यानसमवेयरलाई फैलनबाट रोक्न सकियो । उनले यो आशिंक रुपमा संयोगवश भएको बताए ।

यद्यपी, उनको खोजीबाट र्यानसमवेयरका कारण जो नोक्सानी भएको थियो, त्यसको क्षतीपूर्ती भएन तर नयाँ कम्प्युटरमा फैलने सम्भावना भने रोकिएको छ । यस्तोमा उनी यो मामलामा संयोगवश ‘हिरो’ को रुपमा स्थापित भएका छन् ।

उनले बीबीसीसँग यो कुरा पनि स्विकारेका छन् । उनले बीबीसीसँग भने, ‘यसले धेरै मानिसहरुको ध्यान खिच्न सफल भयो । मेरा बोसले मलाई यसका कारण अर्को एक साप्ताहिक अवकाश दिएका छन् । ’

अनुसन्धानकर्ताले आखिर के खोजे ?

सबैभन्दा पहिले उनले मलवेयर एउटा यस्तो विशेष वेब एड्रेसबाट लगातार कनेक्ट हुने कोसिस गरिरहेको छ जसले नयाँ कम्प्युटर समस्याग्रस्त हुने बारे पत्ता लगाए । तर वेब एड्रेससँग जोड्ने कोसिसको क्रममा – अक्षर एकैप्रकारका थिए जुन रजिस्टर्ड थिएनन् । मलवेयर टेकले यसलाई रजिस्टर गर्ने निर्णय गर्यो र उनले १०.६९ डलरमा खरिद गर्यो ।

यसलाई खरिद गरेपछि अरु कुन कम्प्युटरमा त्यसको पहुँच बनिरहेको छ भन्ने विषयमा उनले खोजी गरे । यसैमार्फत् मलवेयरटेकले र्यानसमवेयर कसरी फैलिरहेको छ भन्ने बारे जानकारी पाए । जसमार्फत् उनले अप्रत्याशित रुपमा र्यानसमवेयरलाई रोक्नमा सफलता पाए ।

यस्तो प्रकारको कोडलाई ‘किल स्विच’ को रुपमा चिनिन्छ । जब स्थिती नियन्त्रण बाहिर हुनथाल्छ तब केही हमलाकर्ता सफ्टवेयरसम्म फैलनलाई रोक्नमा यसको प्रयोग गर्ने गर्दछन् । मलवेयरटेकले आफ्नो खोजको परिक्षण गरे र जब र्यानसमवेयरलाई रोक्नमा सफल भए तब उनले प्रशंसा पनि पाए ।

के र्यानसमवेयर हार्यो ?

जब वेब एड्रेसको रेजिस्ट्रेशन भयो तब उनले र्यानसमवेयरलाई डिभाइस–टू–डिभाइस फैलन रोक्यो । सिक्योरिटी विशेषज्ञले पनि चेतावनी दिएका छन् कि नयाँ प्रकारको मलवेयरमाथि ‘किल स्विच’ को असर हुनेछैन ।

सिक्योरिटी रिसर्चर ट्रोय हंटले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘यस्ते मलवेयर पुनः फैलनु हुँदैन ।’

मलवेयरटेकले चेतावनी दिएका छन्, ‘हामीले यसलाई रोकिदिएका छौं तर अर्को मान्छे आउनेछन् र हामीले यसलाई रोक्न सक्दैनौं । यसमा धेरै पैसा छ र यसलाई रोक्ने कुनै कारण पनि छैन किनभने यसको कोड परिवर्तन गर्ने पर्याप्त कोसिस गरिएको छैन ।’ बीबीसी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |