यी २२ वर्षे व्यक्ति जो साइबर हमलालाई रोकेर बने हिरो…

 

 
जेठ १ – शुक्रबार संसारभीका ९९ देशमा साइबर हमलाले सनसनी मच्चियो । उक्त हमलाका कारण थुप्रै संस्थाका कामकाज पूर्ण रुपमा ठप्प भयो ।

यसै बिच बेलायतका एक सेक्युरिटी रिसर्चरले बीबीसीसँगको कुराकानीमा आफू संयोगले ‘मलिसस र्यानसमवेयर’ लाई फैलिनबाट रोक्न सफल भएको जानकारी दिए ।

मलिसस र्यानसमवेयर एक प्रकारको साइबर हमला हो जसका कारण शुक्रबार ब्रिटेनको नेशनल हेल्थ सर्भिस निकै नराम्रो तरिकाले प्रभावित भएको थियो । हमलालाई रोक्ने २२ वर्षीय यी व्यक्तिलाई मलवेयरटेक उपनामले चिनिन्छ ।

उनले एक हप्ताको छुट्टी लिएका थिए तर वैश्विक साइबर हमलापछि उनले र्यानसमवेयरको जाँच गर्ने निर्णय गरे ।

यो अनुसन्धानको क्रममा उनले मलिसस सफ्टवेयरमा एक ‘किल स्विच’ पाए जसमार्फत र्यानसमवेयरलाई फैलनबाट रोक्न सकियो । उनले यो आशिंक रुपमा संयोगवश भएको बताए ।

यद्यपी, उनको खोजीबाट र्यानसमवेयरका कारण जो नोक्सानी भएको थियो, त्यसको क्षतीपूर्ती भएन तर नयाँ कम्प्युटरमा फैलने सम्भावना भने रोकिएको छ । यस्तोमा उनी यो मामलामा संयोगवश ‘हिरो’ को रुपमा स्थापित भएका छन् ।

उनले बीबीसीसँग यो कुरा पनि स्विकारेका छन् । उनले बीबीसीसँग भने, ‘यसले धेरै मानिसहरुको ध्यान खिच्न सफल भयो । मेरा बोसले मलाई यसका कारण अर्को एक साप्ताहिक अवकाश दिएका छन् । ’

अनुसन्धानकर्ताले आखिर के खोजे ?

सबैभन्दा पहिले उनले मलवेयर एउटा यस्तो विशेष वेब एड्रेसबाट लगातार कनेक्ट हुने कोसिस गरिरहेको छ जसले नयाँ कम्प्युटर समस्याग्रस्त हुने बारे पत्ता लगाए । तर वेब एड्रेससँग जोड्ने कोसिसको क्रममा – अक्षर एकैप्रकारका थिए जुन रजिस्टर्ड थिएनन् । मलवेयर टेकले यसलाई रजिस्टर गर्ने निर्णय गर्यो र उनले १०.६९ डलरमा खरिद गर्यो ।

यसलाई खरिद गरेपछि अरु कुन कम्प्युटरमा त्यसको पहुँच बनिरहेको छ भन्ने विषयमा उनले खोजी गरे । यसैमार्फत् मलवेयरटेकले र्यानसमवेयर कसरी फैलिरहेको छ भन्ने बारे जानकारी पाए । जसमार्फत् उनले अप्रत्याशित रुपमा र्यानसमवेयरलाई रोक्नमा सफलता पाए ।

यस्तो प्रकारको कोडलाई ‘किल स्विच’ को रुपमा चिनिन्छ । जब स्थिती नियन्त्रण बाहिर हुनथाल्छ तब केही हमलाकर्ता सफ्टवेयरसम्म फैलनलाई रोक्नमा यसको प्रयोग गर्ने गर्दछन् । मलवेयरटेकले आफ्नो खोजको परिक्षण गरे र जब र्यानसमवेयरलाई रोक्नमा सफल भए तब उनले प्रशंसा पनि पाए ।

के र्यानसमवेयर हार्यो ?

जब वेब एड्रेसको रेजिस्ट्रेशन भयो तब उनले र्यानसमवेयरलाई डिभाइस–टू–डिभाइस फैलन रोक्यो । सिक्योरिटी विशेषज्ञले पनि चेतावनी दिएका छन् कि नयाँ प्रकारको मलवेयरमाथि ‘किल स्विच’ को असर हुनेछैन ।

सिक्योरिटी रिसर्चर ट्रोय हंटले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘यस्ते मलवेयर पुनः फैलनु हुँदैन ।’

मलवेयरटेकले चेतावनी दिएका छन्, ‘हामीले यसलाई रोकिदिएका छौं तर अर्को मान्छे आउनेछन् र हामीले यसलाई रोक्न सक्दैनौं । यसमा धेरै पैसा छ र यसलाई रोक्ने कुनै कारण पनि छैन किनभने यसको कोड परिवर्तन गर्ने पर्याप्त कोसिस गरिएको छैन ।’ बीबीसी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार