अमेरिकामा बसोबास गर्नुहुने दिप्स लावतीको मेमोरी-२ सार्वजनिक नेपाली गीत संगीतमा निरन्तरता दिदैँ

गायक दिप्स लावतीको रमाइलो साँझमा सार्वजनिक भएको छ । अमेरिकामा बसोबास गरेर पनि नेपाली गीत संगीतमा निरन्तरता दिई रहेका गायक दिप्स लावतीले भुटानी शारनार्थीको मिलन र बिछोडको याथार्थलाई समेटेर मेमोरी-२ अडियो-भिडियो दिप्स युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन् ।

जस्मा आफनै शब्द संगीत र आवाज रहेको छ । संगीत संयोजक क्षितिज कुलुङको रहेको छ भने भिडियोमा आलोक वाईवा, बिनिता मगर, सुशन राई, तेज तामाङ, सुदीप तामाङ, भाले डन र बालकलाकार सोनाम तामाङ, संगम तामाङ र जेनिशा तामाङको अभिनय रहेको छ ।

प्रिम तामाङको निर्देशन रहेको छ भने मेकअप आर्टिस्ट जुन राई, छायांकन निर्मल सुब्बा र कैलाश लोहोरुङ रहेको छ । भिडियो सम्पादन श्रीजन कुलुङले गरेका छन । पोस्ट प्रडक्शन मुर्छाना एकाडेमीले गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार