बंगलादेशमा भेटियो यति पुड्को गाई, बन्यो ‘सेलिब्रेटी’

बंगलादेशमा नयाँ सेलिब्रेटी गाईलाई हेर्न आजकल दैनिक मानिसहरुको भीड लाग्छ । रानी नामको यो २३ वर्षीय भुटानी गाई केवल ५१ सेन्टिमिटर अग्लो छ र यसको तौल २८ केजी मात्रै छ ।

बंगलादेशमा लकडाउन हनुका बाबजुद चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन् ।
यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् । ‘मैले यति सानो गाई कहिल्यै देखेको थिइँन,’ गाई हेर्न आएकी रिना बेगमले भनिन् ।

हसनका अनुसार यो गाईलाई हिंड्न समस्या हुन्छ र शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो तर्सन्छ, त्यसैले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ । ‘उसले धेरै कम खान्छे,’ हसनले भने,‘उसलाई बाहिर घुम्न मनपर्छ र जब हामीले उसलाई आफ्नो पाखुरामा लिन्छौं । तब निकै खुशी हुन्छे ।’ अहिलेसम्म विश्वकै सानो गाईको कीर्तिमान मनिकयामका नाममा छ । भारतको यो गाई खुरदेखि नाप्दा ६१ दशमलव १ सेन्टिमिटर अग्लो छ । एजेन्सी

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार