भरतपुरमा प्रचण्डपुत्रीले गरिन् बबाल ! मतगणना अझै सुरु हुन सकेन्:कारण यस्तो छ….

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालका कारण चितवनको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन् ।

रेणु भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार हुन् । उनलाई जिताउन प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको मनोनयनपछि कांग्रेससँग तालमेल गरेका थिए । तर, कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले अनौठो अडान राखेकी छन् ।

निर्वाचन कार्यालय चितवन स्रोतका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि मतगणना हुन नसकेको हो । उनको प्रस्तावलाई एमालेसहितका अन्य दलले मानेका छैनन् ।

केन्द्रबाट सभापति शेरबहादुर देउवाले उम्मेवारी मनोनयनपछि माओवादी केन्द्रसँग चुनावी तालमेल गरेपछि चितवनका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका थिए । उनीहरुले प्रचण्डपुत्री एवं मेयर उम्मेदवार रेणुलाई भोट नहाली उम्मेदवार नभएको कांग्रेसको रुख चिन्हमा भोट हालिएको आशंका गरिएको छ । जसका कारण रेणुले ती मत पनि आफ्नो पक्षमा गनिनुपर्ने अडान लिएको स्रोत बताउँछ ।-दैनिक नेपालबाट साभार

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार