काठमाडौं महानगरमा शाक्यको अग्रता कायमै …

काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ । शाक्यले १६ हजार ५ सय ५० मत ल्याएर अग्रता लिइरहनुभएको छ भने उहाँका निकतम् प्रतिष्पर्धी राजुराज जोशीले ११ हजार ३ सय ५९ मत ल्याउनुभएको छ ।


तेस्रो स्थानमा विवेकशील पार्टीकी रञ्जु दर्शनाले ६ हजार ६ सय १५, चैथो स्थानमा रहेको साझा पार्टीका उम्मेदवार किशोर थापाले ४ हजार ९ सय ४३ मत ल्याउनुभएको छ ।
पाँचौ स्थानमा रहेको नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोतम डंगोलले १ हजार ८ सय ८४ मत ल्याउनुभएको छ । नयाँ शक्ति पार्टीका पवित्र बर्जाचार्याको ८९ मत आएको छ ।अन्नपुर्ण पोष्ट 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent