
काठमाडौं | भदौ १० गते आएकाे रसुवा भाेटेकाेशी नदीकाे बिनाशकारी बाढीपहिराेले हजारौ बिस्थापित भएकोछन | धेरै जनधनको नोक्सान भएकोछ | त्यहाको बाढी पिडितको अहिले पनि उद्धार र राहत वितरण कार्य भईरहेको छ |

यसै क्रममा जिल्ला ललितपुर,इमाडाेल महालक्ष्मी नगरपालिका वार्ड नं १ स्थित Ankur Home pre-School ले रसुवा र नुवाकोट जिल्लामा दिवंगत हुनु भएकाहरु प्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै । रसुवा भाेटेकाेशी बाढी पिडीतमा पर्नु भएका परिवारहरुलाई राहत स्वरुप यस संस्था बाट ४० घरपरिवारलाई निम्न अनुसार राहत वितरण गरेकोछ |

४० थान कराई
१६० थान प्लेट
४० थान पन्याै
४० थान गिलास
४० थान बाटा र ८० थान कचाैरा उपलब्ध गराएकाेछ । Ankur Home pre-School को प्रिन्सिपल कल्याणी थापाको नेतृत्वमा बाढी प्रभावित राहत वितरण गरिएकोछ |



