कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

कमल थापाकै गृहजिल्लामा राप्रपा शुन्य…

हेटौडा । राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला मकवानपुरमा स्थानीय तह पहिलो चरणको निर्वाचनमा नतिजा हालम्म शुन्य छ । निर्वाचन पहिले निकै शक्त दावेदारका रुपमा हेरिएको राप्रपालाई स्थानीय तह निर्वाचनले गतिलो झापड हानको देखिएको छ ।

आफुहरुलाई हिन्दु धारको नेतृत्वकर्ताका रुपमा ब्यख्या गर्दै आएको राप्रपाले थापाकै गृहजिल्लामा एक स्थानमा पनि अग्रता कायम गर्न नसकेपछि मकवानुपुरमा राप्रपाको राजनीतिक भविष्य के हुने भन्ने विश्लेषण गनृ थालिएको छ ।

दोस्रो संविधानसभा हटौडा महानगर क्षेत्रमा दोस्रो स्थानमा रहन सफल राप्रपा स्थानीय तहको हालसम्मको परिणाममा भने निकै खुम्चिएको छ । तेस्रो स्थानमा पनि राप्रपा प्रतिस्पर्धात्मक अवस्थामा छैन ।

कमल थापाले २०५१ सालमा संसदीय निर्वाचन जितेको राप्रपाको बलियो उपस्थिती रहेको क्षेत्र नम्बर १ को तीन गाउँपालिकामा राप्रपा चौथो भएको छ । चौथो पनि निकै कम नतिजाका साथमा । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार