कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मन्त्रिपरिषदको निर्णय : तराई मधेसमा २२ स्थानीय तह थप, विराटनगर र वीरगञ्ज महानगर…

 

काठमाडौं । सरकारले तराई मधेसमा स्थानीय तहको संख्या थप्ने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले २२ वटा गाउँपालिका थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले विराटनगर र वीरगञ्जलाई उपमहानगरबाट महानगर बनाउने निर्णय गरेको बैठकमा सहभागि सहकारी मन्त्री हृदयराम थानीले बताए ।

उनले भने, ‘थप्ने भनिएको जम्मा २३ हो । एउटा पर्सा नगरपालिकामा गाभिएको छ । दुई उपमहानगर महानगर भए । मन्त्रि परिषदको यो निर्णयसँगै महानगरको संख्या ६ पुगेको छ भने, २२ वटा गाउँपालिका थप भएका छन् ।

बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ ।

यस्तै, वैठकले साविकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ । जसअनुसार झापामा २, सिरहामा १, रौतहटमा ११, धनुषामा १, बारामा १, रुपन्देहीमा २, बाँकेमा २, कैलालीमा १ र महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको हो । बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने निर्णय पनि बैठकले गरेको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदारको नेतृत्वमा रहेको कार्यदलले संख्या थप र स्तरोन्नतिको प्रस्ताव तयार गरेको थियो ।

थपिएको स्थानीय तहमा अर्को चरणमा चुनाव गर्नु पर्ने, नभए चुनाव सार्नु पर्ने
थपिएका स्थानीय तहमा जेठ ३१ गते चुनाव नहुने भएको छ । चार प्रदेशका सबै स्थानीय तहमा एकै पटक चुनाव गर्नु पर्ने भए चुनावको मिति सार्नु पर्ने देखिएको छ ।

निर्वाचन आयोगले सरकारलाई एकै चरणमा थप भएकासहितका स्थानीय तहको चुनाव गर्ने भए चुनावको मिति सार्नुपर्ने प्रस्ताव राखेको स्रोतले बताएको छ । जेठ ३१ गतेको चुनाव नसारे थपिएको स्थानीय तहको चुनाव पछि गर्नुपर्ने आयोगको धारणा छ । जेठ ३१ मा चुनाव गरे सीमाना जोडिएका र गाभिएका स्थानीय तहले चुनावलाई प्रभाव पार्ने बताइँदै छ ।

बैठकका अन्य निर्णय
बैठकले म्यादी प्रहरीको समयअवधि दोस्रो चरणको निर्वाचन सम्मका लागि थप गर्ने निर्णय पनि गरेको छ । बैठकले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको राष्ट्रिय कार्ययोजना अवधारणालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानूनका सहसचिव कौशलचन्द्र सुवेदीलाई नियुक्त गरेको छ ।

बैठकले नेपाल पशु चिकित्सा परिषदको अध्यक्षमा डा। सीताराम अर्याल, सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ र रजिष्टारमा डा.नारायण प्रसाद घिमिरेलाई नियुक्त गरिएको छ । त्यसरी नै दुग्ध विकास संस्थान सञ्चालक समितिको अध्यक्षमा रघुनाथ गौतम नियुक्त गरिएको र भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।हाम्राकुरा डटकम बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |